यस्ता गुण भएका युवती हुन्छन् निकै भाग्यशाली

हाम्रो नेपाली समाजमा ज्योतिषशास्त्रलाई निकै महत्व दिइन्छ। मानव जीवनका विभिन्न पक्षहरूको बारेमा उल्लेख गरिएको यस शास्त्रमा असल र भाग्यशाली कन्याको बारेमा पनि बताएको छ। समुन्द्र शास्त्रमा मानिसको विभिन्न अंगको बनावटको आधारमा उसको स्वभाव र भविष्यको बारेमा बताइएको छ। समुन्द्र शास्त्रका अनुसार कस्ता युवती गुणवान तथा भाग्यशाली हुन्छन् त ? जान्नुहोस्….

यदि कुनै युवतीको कुर्कुच्चामा सर्पको आकार छ भने उक्त कन्या निकै भाग्यशाली हुन्छिन्। पैतालामा त्रिकोणको चिन्ह भएकी कन्या निकै चलाख किसिमकी हुन्छिन्। नाभिको तल्लोपट्टि कोठी भएका कन्याहरु भाग्यशाली हुन्छन्। यिनीहरु निकै सुखी जीवन बिताउन सफल हुन्छन्।

हरिणका जस्ता आँखा भएका र आँखाको सेतो भागको अन्तमा हल्का रातो छ भने यस्ता कन्या भाग्यशाली हुन्छन्। गहिरो र भित्रैबाट उठेको जस्तो देखिने नाभी भएका युवती आफ्ना परिवारलाई सुख दिने खालकी हुन्छिन्।

नाकको अगाडीको भागमा कोठी भएका महिला धन धान्यले पूर्ण हुन्छिन्। पैतालामा कमल चक्र वा शङ्ख जस्तो चिन्ह भएका युवती आफ्ना पतिको लागि निकै लक्की साबित हुन्छन्।

प्रकाशित : आइतबार, माघ २५, २०७७१९:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अझ राम्रो हुने अभिलाषामा नाकको सर्जरी गर्दा मान्नुपर्यो पछुतो, भइन् कुरुप