पानी समेत निल्न नसकेर ओकल्नु पर्यो, एक्सरे गर्दा जे देखियो होश उड्यो !

एजेन्सी – बेलायत वर्सेस्टर निवासी ३८ वर्षिय ब्राड गौथीर केहि दिन अगाडी घर अगाडीको हिउँ सफा गर्दै थिए। एक घण्टा सावेल चलाएपछि उनलाई तिर्खा लाग्यो। घर भित्र गएर उनले पानी खोज्दा उनले पानी निल्न नै सकेनन्। पिएको पानी घाँटीबाट तल जाँदै गएन, घाँटीमै अड्कियो। पानी निल्न नसकेपछि उनले निहुरिएर घाँटीमा अड्किएको पानी ओकले। त्यसदिन उनलाई छातीमा केहि रहेको अनौंठो अनुभूति भइनै रह्यो। पानी पिउन मात्र नभई उनले श्वास फेर्न पनि संघर्ष गरिरहनु पर्यो।

समय बित्दै जाँदा उनका १५ वर्षिय छोरा ओवेनले एयरबड फेला नपरेको कुरा सम्झिए। ब्राडका छोरा ओवेन र उनकी ३२ वर्षिया श्रीमती हेदर दुवैले कतै एयरबड घाँटीमा त अड्किएको छैन भनेर मजाक गरे। छोरा र श्रीमतीको उक्त मजाकलाई उनले केहि समय नजरअन्दाज गरे। तर, केहि समय पश्चात उनलाई त्यस्तै भएको हुन पनि सक्छ जस्तो लाग्यो।

राति सुत्दा प्रयोग गरेको एयरबड नभेटिनु र घाँटीमा केहि अड्किएको अनुभव हुनुले उनको मनमा पनि शङ्का पैदा भयो। लगतै उनले अस्पताल जाने निर्णय गरे। अस्पताल पुगेर उनले छातीको ‘एक्सरे’ गराए। नभन्दै उनको शङ्का वास्तविकतामा परिणत भयो। वास्त्तावमै उनले एयरबड निलेका थिए र त्यो खानानलीमा अड्किएको थियो।

एक्सरेबाट एयरबड पेट र फोक्सो जता पट्टि पनि जान सक्ने अवस्था रहेको देखियो। तत्कालै डाक्टरहरुले एन्डोस्कोपी गरेर एयरबड त्यहाँबाट निकाले। एयरबड निकालिएपछि उनी राम्रोसँग श्वास फेर्न र पानी निल्न सक्ने भए। उक्त घटनाले ब्राडलाई ठूलो पाठ सिकाएको छ। साना-साना कुरामा पनि लापरवाही गर्दा दुख पाइने र त्यसले ज्यान नै खतरामा पार्ने कुरा उनले बुझेका छन्। निदाएको समयमा आफूले एयरबड निलेको र त्यसले दिन सम्म दुख दिएको उनी बताउँछन्। आफू जस्तै समस्यामा अरु पनि नपरुन भनेर एयरबड लगाएर नसुत्न र बच्चा-बच्चीलाई एयरबड नदिन सल्लाह दिन्छन्।

केहि समय अगाडी यस्तै एक घटना ताइवानमा पनि घटेको थियो। ताइवान काओसिउङका बेन सु नाम गरेका एक व्यक्तिले पनि ब्राडले जस्तै निन्द्रामा एयरबड निलेका थिए। एयरबड उनको पेटमा पुगेको थियो भने नियमित पाचन प्रक्रियामा सामेल भएर मात्रै बाहिर निस्किएको थियो। बेनले पछि त्यस एयरबडलाई पखालेर प्रयोग गरेका थिए।

प्रकाशित : आइतबार, माघ २५, २०७७१६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरुषका यी ५ अंगले छिटै आकर्षित गर्छ महिलालाई, जानिराख्नुस् !