एजेन्सी : श्रुति हासन र उनकी बहिनी अक्षरा हासनको बीच राम्रो बोन्ड छ। यी दुई प्राय: एक साथ फोटो शेयर गरिरहन्छन्। हालै श्रुतिले पुरानो यादलाई ताजा गर्दै अक्षराको बाल्यकालको एक हाँसोलाग्दो तस्बिर शेयर गरेकी छिन्, जसमा उनी पनि बडो हाँसोलाग्दो ड्रेसअपमा देखिएकी छिन्। यो तस्बिर साँच्चिकै निकै घतलाग्दो छ।
कमल हासनका दुवै छोरी श्रुति र अक्षरा प्राय: सामाजिक सञ्जालमा एक-अर्काको तस्बिर तथा भिडियो शेयर गरिरहन्छन्। सन् २०२१ मा श्रुति अभिनित फिल्म ‘क्राक(Krack)’ रिलिज भएको थियो।
श्रुति हासन अभिनित ‘क्राक’ थ्रिलर-मिस्ट्री फिल्म हो, जसलाई निर्देशक गोपीचन्द मालिनीले निर्देशन गरेका हुन्। यो फिल्म लगभग १६.५ करोड भारतीय रुपैयाँ बनेको हो। रवि तेजा यसमा मुख्य भूमिकामा देखिएका छन्। यो दक्षिण भारतीय फिल्म मूल रुपमा तेलुगु भाषामा बनाईएको छ। वरालक्ष्मी सरथकुमार पनि महत्वपूर्ण भूमिकामा छन्। यो फिल्म ९ जनवरीमा रिलिज गरिएको थियो।
यसैबीच श्रुतिले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा अहिलेसम्म कहिल्यै देखिएको आफ्नो र बहिनी अक्षरा हासनको बाल्यकालको तस्बिर शेयर गरेकी छिन्। यस तस्बिरमा उनलाई चिन्न एकदमै मुश्किल पर्नेछ। उनले नीलो र सेतो रङ्गको प्यान्ट लगाएकी छिन् र जसमा मल्टीकलर टप पेयर गरेकी छिन्। उनका कपाल पनि छोटा छन्। उनी आफ्नो बहिनीलाई आफ्नो मसल्स देखाईरहेकी छिन्।
त्यस्तै तस्बिरमा उनकी बहिनी अक्षरा धेरै सानी देखिएकी छिन्। आफ्नो आँखाको नानीलाई फन्नी तरिकाले घुमाई अक्षराले हातले दिदी श्रुतिलाई इशारा गरिरहेकी छिन्। उनले कालो रङ्गको टप र निलो जिन्स लगाएकी छिन्। श्रुतिका फ्यान्स उनको यो तस्बिर हेरेर निकै घत मानिरहेका छन्। र अनेक प्रकारका प्रतिक्रिया दिईरहेका छन्।