खाली पेटमा कदापि नखानुहोस् यी चीज, बढ्न सक्छन् अनेकन समस्या !

काठमाडौँ : खाली पेटमा हामीमा जे भेट्टायो त्यहीँ खाने आदत छ। खाली पेटमा खाईने ती खानाले हाम्रो शरीरमा के असर पर्छ त्यसबारे सोच विचार नगरी हामी  खानेकुरा खान्छौँ। यद्यपि केही चिजहरु खाली पेटमा खाँदा फाइदा हुन्छ भने केही चिजले अत्यन्तै धेरै नोक्सान पनि पुर्याउँछ। कुन चिज खाली पेटमा कहिल्यै पनि खानुहुँदैन त ? यदि ती चिज खाली पेटमा खाएमा के समस्या हुन् सक्छ त ?

फल 

फल स्वास्थ्यको लागि अत्यन्तै लाभदायक मानिन्छ। तर कागती अंगुर, निबुवा, जुनार र अम्बा जस्ता फल खाली पेटमा कदापि खानुहुँदैन। यी फलहरुमा भिटामिन सि, फ्रुक्टोज, फाइबर र एन्टिअक्सिडेन्ट हुन्छन् जसले खाली पेटमा नराम्रो असर पुर्याउँछ।

चिया-कफी 

अधिकांस मानिस दिनको सुरुवात बिहान खाली पेटमा चिया या कफी पिएर गर्छन्। उनीहरुलाई यो सोच्छन् चिया कफी स्वास्थ्यको लागि राम्रो हो। तर खाली पेट चिया या कफी पिउँदा अनेक किसिमका समस्याहरु पैदा हुन् सक्छन्। यी दुवै चिजको सेवनबाट गम्भीर एसिडिटीको समस्या हुन् सक्छ।

सखरखण्ड

सखरखण्ड कहिल्यै पनि खाली पेटमा खानुहुँदैन। यसमा ट्यानिन र पेक्टीन हुन्छ। यो खाली पेटमा खाँदा ग्यास्ट्रिक एसिडको समस्या हुन् सक्छ, जस कारण पेटमा दर्द र छातीमा जलनको पीडा महसुस हुन्छ।

मसालेदार खाना

खाली पेटमा मसालेदार खाना खानुहुँदैन। मसालामा नेचुरल एसिड हुन्छ। यसले पेटको पाचन प्रक्रियालाई बिगार्छ। जसको कारण पेटमा दर्द हुने, जलन हुने र ऐठन जस्ता समस्या हुन् सक्छ।

केरा 

केरा कहिले पनि खाली पेटमा खानुहुँदैन। यसले शरीरमा म्याग्नेसियमको मात्रा निकै बढाउँछ। जसले गर्दा क्याल्सियम र म्याग्नेसियामको मात्रा असन्तुलित हुन्छ। जसले गर्दा पेटमा समस्या निम्तिन्छ।

सोडा

कहिल्यै पनि खाली पेटमा सोडा लिनुहुँदैन। यसमा धेरै मात्रामा कर्बोनेट एसिड हुन्छ। यसको सेवनले जिउ भारी हुने र पेटमा समस्या उब्जाउँछ।

गोलभेंडा 

गोलभेंडा खानु स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ तर खाली पेटमा यो कहिल्यै खानु हुँदैन। यसको अम्लीय प्रकृतिको कारण यसले पेटमा नोक्सान पुर्याउन सक्छ।

प्रकाशित : शनिबार, माघ २४, २०७७१२:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अक्कल बिनाको नक्कल गरी आफू र आफ्नो परिवारको स्वास्थ्यमाथि खेलवाड गर्दैछन् नेपाली….