काठमाडौँ : आज माघ २२ गते(४ फेब्रुअरी) देखि माघ २७(९ फेब्रुअरी) सम्म आकाश मण्डलमा पाँच ग्रहको योग बन्नेछ। यस समयावधीमा एउटै राशि मकरमा सूर्य, बुध, बृहस्पति, शुक्र र शनि रहनेछ। त्यस्तै माघ २६ गते(१० फेब्रुअरी) र माघ २७ गते(११ फेब्रुअरी) मा चन्द्रमा पनि मकर राशिमा आउनेछ। जसले गर्दा षड्ग्रही योग बन्नेछ। साथै हिन्दु क्यालेन्डरको माघ महिनामा ५ शुक्रबार र ५ शनिबार छ। ज्योतिषीय मान्यता अनुसार यस्तो अनिष्टकारी संयोगले कुनै अनिष्ट तथा अप्रिय घटना घट्ने इशारा गरिरहेको छ। तारा, ग्रह तथा उपग्रहको यस्तो अनिष्टकारी स्थितिको असर देश-विदेश तथा दुनियाँभरमा पर्न सक्छ।
प्राकृतिक विपद् र ठुलो राजनीतिक बदलावको योग
ज्योतिषाचार्यहरुका अनुसार देशको उच्च ओहदामा आसिन व्यक्तिको आकस्मिक निधन हुन् सक्छ। आन्दोलन, भूकम्प, आमहड्ताल, आँधीबेहरी लगायत प्राकृतिक प्रकोपबाट देश सङ्कटमा पर्न सक्छ। मौसममा अचानक बदलाव हुनेछ। देशका केही भू-भागहरुमा वर्षा हुने सम्भावना छ। मकर राशिमा रहेको शनि, सूर्य, शुक्र एवं नीच राशिका गुरु भएकोले राजनीतिज्ञहरुका लागि सङ्घर्षपूर्ण स्थिति खडा हुनेछ। देश उच्च नेताहरुले देशको धार्मिक, राजनीतिक एवं साम्प्रदायिक समस्या हल गर्न कडा फैसला लिनुपर्ने अवस्था सिर्जना हुन्छ। बजारमा विशेष उतारचढाव आउन सक्छ। तेल, चिनी, दाल, चामल, गहुँको मूल्य कम हुन् सक्छ। बहुमुल्य धातुको बजारमा माग ह्वात्तै घट्छ।
लगभग हरेक वर्ष बन्छ ग्रहको यस्तो स्थिति
लगभग हरेक वर्ष यस्तो हुन्छ जब एकै राशिमा पाँच ग्रह आउँछ। सूर्यले हरेक महिना राशि परिवर्तन गर्छ। ज्योतिषमा बुध र शुक्रलाई अनुचर ग्रह भनिन्छ। यानी यी दुई ग्रह सूर्यको आसपासमै रहन्छन्। र धेरैपटक यी ग्रह एकै राशिमा आउँछन्। यस बाहेक चन्द्रमाले हरेक अढाई दिनमा राशि बदल्छ। यी चारै ग्रह एक वर्षमा हरेक राशिमा सँगसँगै हुन्छन्। यहीँ बेला जब मङ्गल, शनि, बृहस्पति या राहु-केतुसँग आउँछ तब पञ्चग्रही योग बन्छ।
वर्षौं पछि बन्छ षड्ग्रही योग
पाँच ग्रहको योगलगभग हरेक वर्ष बन्छ। तर धेरै वर्षको अन्तरालमा मात्रै ६ ग्रह एकै राशिमा आउँछन्। यस्तो ग्रहको स्थितिलाई षड्ग्रही योग भनिन्छ। ज्योतिष ग्रन्थमा यस योगलाई अशुभ फल दिने योग मानिन्छ। ग्रन्थहरुमा जब एकै राशिमा ६ ग्रहहरु आउँछन् तब दूर्घटना बढ्छ भनिएको छ। प्राकृतिक विपत्ति तथा मौसममा अचानक बदलाव आउँछ। यी ग्रहका कारण उच्च ओहोदाका पदाधिकारी, नेता र प्रशासनिक अधिकारीका लागि तनाव र बदलावको स्थिति समय हुनेछ।
ज्योतिषीय दृष्टिकोण अनुसार आज माघ २२ गते(४ फेब्रुअरी) देखि माघ २७(९ फेब्रुअरी) गतेसम्मको समयमा उथलपुथलका घटनाहरु घट्नेछन्। आकाश मण्डलमा बनिरहेको ग्रहहरुको यस्तो अनिष्टकारी संयोगले पृथ्वीमा प्रतिकूल असर पार्नेछन्। आजको दिनलाई नै नियालेर हेर्ने हो भने देशमा अराजकता फैलिरहेको छ। देशभर आन्दोलन, आमहड्ताल, झडप, आगजनी भईरहेका छन्। देशका जनताहरुमा असन्तुष्टि छाइरहेका छन्। वर्षौँ पछि बनेको यस्तो योगको कारण सारा विश्वलाई नै क्षतविक्षत बनाउन सक्छ।