काठमाडौँ : ग्रह नक्षत्रको हिसाबले फेब्रुअरी महिना अत्यन्तै खास छ। धेरै वर्षपछि पाँच भन्दा बढी ग्रह एउटै राशिमा मिलन हुनेछन्। माघ २७ गते(९ फेब्रुअरी) मा चन्द्रमा मकर राशिमा प्रवेश गर्दैछ। सूर्य, बृहस्पति, शुक्र, शनि र प्लुटो ग्रह पहिले देखि नै मकर राशिमा विराजमान छन्। माघ २२ गतेदेखि बुधले मकर राशिमा प्रवेश गरिसकेको छ। माघ २७ गते चन्द्रमाको प्रवेश पछि यी सात ग्रहको मिलन हुनेछन् जसले देश दुनियाँ र विभिन्न राशिहरुमा अलग अलग असर पार्नेछ।
सात ग्रहको मिलन
माघ २७ गते राति ८ बजेर ४३ मिनेटमा चन्द्रमाले मकर राशिमा प्रवेश गर्नेछ। यो सप्तग्रही योगले दुनियाँभरमा आफ्नो प्रभाव छाड्नेछ। तमाम देशहरुबीच आपसी तनावको स्थिति सिर्जना हुन् सक्छ। प्राकृतिक विपत्तिका घटनाहरु घट्नेछन्। यहाँसम्म कि तेस्रो विश्वयुद्ध हुने प्रतिकूल वातावरण सिर्जना पनि हुन् सक्छ।
नेपालमा विशेष असर :
यो योगले नेपाललाई विशेष रुपमा प्रभावित गर्नेछ। जनमानसबीच तनावपूर्ण स्थिति बन्न सक्छ। राजनीतिक उपद्रव हुन् सक्छ। दुर्घटनाको सिलसिला बढ्न सक्छ र महँगी बढ्नेछ। जब पनि पाँच या त्यो भन्दा बढी ग्रह एक साथ एउटै राशिमा हुन्छन् तब देश-दुनियाँमा ठुला सामाजिक तथा राजनीतिक परिवर्तन हुन्छ। कुनैबेला ठुला युद्धका स्थिति पनि बन्न सक्छ।
माघ २७ गते हुने यस सप्तग्रही मिलनको राजनीतिक, सामाजिक प्रभाव सम्पूर्ण विश्वमा देख्न पाइनेछ। यस संयोगको नकारात्मक प्रभाव विश्वमा अशान्तिको रुपमा देखिनेछ। अमेरिकाको वर्चस्वमा कमी हुनेछ, त्यस्तै रुस, जापान, कोरिया र युरोपेली देशको प्रभुत्व बढ्नेछ।
नेपालको लागि यो संयोगले शुभ र अशुभ दुवै परिणाम ल्याउन सक्छ। आन्तरिक समस्या बढ्न सक्छ। साम्प्रदायिक उपद्रवको कारण देशमा अशान्ति छाउनेछ र छिमेकी देशसँगको सम्बन्धमा तीक्तता आउन सक्छ। केही सरकारी नीति नथा निर्णयले देशमा खल्बली ल्याउन सक्छ। नेपाली राजनीतिमा उथलपुथल आउनेछ।