रिजल्ट कसरी हेर्ने भन्ने द्विविधामा हुनुहुन्छ ? यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले सोमबार बिहान कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेसँगै नतिजा प्रकाशित गरिएको सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

हरेक वर्ष वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा यसपालि कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । गत मंसिर ९ देखि १६ गतेसम्म परीक्षा सञ्‍चालन भएको थियो । देशभरका ४ हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएकाे थियाे।

चाँडो नतिजा प्रकाशित गर्न विद्यालयमै विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए । विद्यार्थीको प्राप्तांक बोर्डका प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो । प्रदेश कार्यालयले विद्यार्थीको प्राप्तांक इन्ट्री गराएपछि केन्द्रीय सर्भरमा नम्बर इन्ट्री गरिएको थियो। कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको हो।

कुल ४ लाख ३३ हजार २७१ जना परीक्षार्थीले परिक्षा दिएको बोर्डले जनाएको छ।

परीक्षाफल सम्बन्धी जानकारी तपसिल बमोजिमको Website, SMS, Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ।

Website :

१. राष्ट्रिय परीक्षा बोर्डको website : www.neb.gov.np

२. नेपाल टेलिकमको website : https://neb.ntc.net.np/results.php

SMS सेवा :

१. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका : NEB <space> Sympol No. टाइप गरी १६०० मा SMS गर्ने।

IVR सेवा :

१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ।

प्रकाशित : सोमबार, माघ १९, २०७७१३:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चित्त दुखाउँदै उषाले झाँक्रीलाई भनिन् – ‘ठाउँ साटौँ तपाईं उहाँको सिन्दूर, पोते र रातो सारी फिर्ता ल्याइदिनुस्’