चित्त दुखाउँदै उषाले झाँक्रीलाई भनिन् – ‘ठाउँ साटौँ तपाईं उहाँको सिन्दूर, पोते र रातो सारी फिर्ता ल्याइदिनुस्’

काठमाडौँ, १९ माघ : सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीकी सुपुत्री उषा किरणले नेकपाका युवा नेतृ रामकुमारी झाँक्रीलाई प्रश्नै-प्रश्न तेर्स्याएकी छिन्।

आफ्नो आमा विद्यादेवी भण्डारीलाई लिएर झाँक्रीले विवादास्पद टिप्पणी गरेपछि उषाकिरणले सामाजिक संजाल मार्फत विभिन्न प्रश्न राखेकी हुन्। झाँक्रीले महिला भएर महिलाकै पिडा बुझ्न नसकेको उषाकिरणले फेसबुकमा उल्लेख गरेकी छन्। आफ्नी  आमालाई जोडेर दिएको अभिव्यक्तिप्रति उषाले चित्त दुखाई व्यक्त गरेकी छिन्।

नेतृ झाँक्रीले गोरखामा आयोजित दाहाल-नेपालको विरोधसभामा बोल्नेक्रममा मदन भण्डारीको अवशान पश्चात राष्ट्रपति भण्डारीले सेतो सारी ओढेर राजनीतिक फाइदा लिएको आरोप लगाएकी थिइन्। त्यसक्रममा झाँक्रीले भण्डारीलाई शीतलनिवासबाट निस्केर बालकोट जान चेतावनी समेत दिएका थिइन्।

सामाजिक सञ्जालमा शेयर गरिएको सन्देशमा मार्मिक प्रश्न र सन्दर्भहरु उल्लेख गरिएको छ । मदनको निधनपछि विद्याले मदनको रुचिको अचार पनि बनाउन छाडेको प्रसंग पनि सन्देशमा उल्लेख गरिएको छ ।

फेसबुकमा एक स्ट्याटस राख्दै उषाकिरणले गल्ती सेतो सारीमा नभई गल्ती दृष्टिकोणमा रहेको बताएकी छन्।

उषाकिरणले लेखेकी छिन्-

मेरो आमाले मलाई बोलाउनु भयो । अनि भन्नुभयो- सबै लिडरसिपमा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन्- पहिलेको समयमा इन्दिरा गान्धीदेखि अन्तराष्ट्रिय जगतको कुरा गर्दा एङ्गेला मर्केलको उदाहरण दिनुभयो ।आमाको मन हो- आफ्नो घाउ देखाउनुभएन । छोरीहरूमाथि यस्तो घटनाक्रमले पारेको आहतमा मलम लगाउन र हिम्मत दिन कोशिश गर्नुभयो ।

मेरो आमाको बारेमा तथानाम भन्न थालेको लगभग २०५२/५३ देखि हो- यो शुरू गर्ने पत्रकार अहिले retired वरिष्ठ पत्रकार र ठूलो नागरिक अगुवा भइसके । उनीहरूका नयाँ र neo अवतार अहिले छन् । म त्योबेला ११ वर्ष जति थिएँ, आमाले फोनमा भन्नुहुँदैथियो- ‘म किन अभियानमा ननिस्किनु !? किन घरमा लुक्नु !? उनीहरुले यही चाहेर यो सब गर्दैछन्- म भाग्दिनँ ।’

मलाई त्यो दिनदेखlनै हिम्मत प्राप्त भयो । आमाले हामीलाई आफ्नो साहस र दृढताबाट शिक्षित गर्नुभएको छ ।

एक महिनाअघि मैले यहीं (फेसबुकमा) भनेको थिएँ- अदृश्य cyber bully बाट अब सडकमा नारा लाउन शुरु भयो- हामीले आवाज बुलन्द नगरे यस्तो अपराधले झन ठूलो रूप लिन्छ- एक महिना नबित्दै त्यही भयो।
यहाँ रामकुमारी झाँक्रीलाई आफ्नो युवा नेता मान्नेले झाँक्रीलाई सुनाइदिनु-
१) गल्ती सेतो सारीमा होईन गल्ती दृष्टिकोणमा छ ।
२) गलत चुनाव लडाउनु होईन, उहाँमाथि त्यसबेलाका शीर्षनेताले गरेको व्यवहार र बोलीमा थियो- अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ- सोध्नुहोस गएर !
३) तपाईं कम्युनिष्ट स्कूलिश्रको हो भने- सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने- मेरो आमा एउटा अकल्पनिय घटना सामना गर्दै हुनुहुन्थियो- तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ- हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए- उहाँले ड्याडी (मदन भण्डारी) लाई मनपर्ने खाना/अचार बनाउन छोडनुभयो- उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौं, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो !? हामी ९/१० वर्षकाले बुझयौ उहाँ tragedy संग cope गर्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थियो- तपाईं महिला, ठूलो मान्छे भएर यति बुझनु भएन !!?

तपाईंलाई अर्को कुरा भन्छु- दसैंमा टिका ग्रहणपनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाउनु भयो- राष्ट्र प्रमुखको निधार खाली हुनुहुँदैन भन्ने मान्यताले गर्दा- उहाँको बुढी आमाले उहाँलाई प्रश्न गर्नु भएन जमरा मात्रै हातमा दिँदा- तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो !? Tragedy cope गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ- जुन बाटो स्वयम् त्यो व्यक्तिले पनि voluntarily रोजेको होईन। हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिँदैन । यदि तपाईंलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथि career महत्वकांक्षा हो भने- ठाउँ साटौं- तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो daddy, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस् । अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ- लिएर जानुस् ।

झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएको ले यो छोरीको प्रश्न सुनाइदिनू ।

प्रकाशित : सोमबार, माघ १९, २०७७१५:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लामाको कतारमा खुट्टाको सर्जरी सफल, विमलको सर्जरी गर्न समय लाग्ने