काठमाडौँ : नेपाली सेनाले सोमबार माघ १९ गते राति बख्तरबन्द गाडीहरुसहित चक्रपथ परिक्रमा गर्ने भएको छ ।
नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राति वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना बनाएको हो ।
त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट बुधबार माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउदछौं ।