अजय देवगनको बारेमा अमिताभको त्यो भविष्यवाणी, जुन सत्य साबित भयो

एजेन्सी : यो कुरा त्यतिबेलाको हो जतिबेला फिल्ममा हिरो या हिरोइन बन्नको लागि रुप र रङ्गमा खास ध्यान दिईने गरिन्थ्यो। यदि कोही कालो वर्णका छन् भने तिनको अवसर त्यहीँ सकियो। कसैलाई पनि तिनलाई मौका दिदैन्थे। पुराना फिल्महरुमा हिरो पनि हिरोइन जसरी नै मेकअप गर्थे।

कालो वर्णका अजय देवगनले जब हिरो बन्ने सोचे तब उनको मजाक उडाउने कम थिएनन्। अजय साधारण कम आकर्षक अनुहार भएको व्यक्ति हुन् र यस कुरालाई सधैँ स्वीकारेका छन्। तैपनि उनले ती हिरो भन्दा बढी सफलता हासिल गरे जो हेर्दामा उनी भन्दा बढी आकर्षक थिए।

फाइट मास्टर वीरू देवगनका छोरा अजय देवगनले जब फिल्म ‘फूल और काँटे’ को लागि साइन गरे तब मानिसहरुले निर्माता-निर्देशकलाई यस्तो हिरो नलिन सम्झाउन थाले। फिल्म पहिलो शोमै फ्लप हुने ठोकुवा गरे।

अजयको रुप-रङ्गको नराम्ररी खिल्ली उडाइयो, तर अमिताभ बच्चनको राय सबैभन्दा भिन्न थियो। बिग बीले अनुहारको पछाडी अभिनेताको ट्यालेन्ट देखे। उनले अजयलाई ‘डार्क हर्स ‘ भने। यानी कि एक यस्तो मान्छे जसले  जित हासिल गर्छ भने कसैले कल्पना समेत गरेको हुँदैन र अन्तिममा त्यहीँ मान्छे नम्बर वानमा आइपुग्छ।

अमिताभको भविष्यवानी सही साबित भयो। पहिलो फिल्मबाट नै अजयदेवगन बलिउडमा छाए।  अजय देवगनको पहिलो फिल्म ‘फूल और काँटे’ यश चोपडाको ‘लम्हें’ सँगै रिलिज गरिएको थियो। ‘लम्हें’ मा अनिल कपूर र श्रीदेवी जस्ता स्टार थिए। फिल्मलाई खुब जमेर प्रचार-प्रसार गरिएको थियो। ‘फूल और काँटे’ का निर्मातालाई मानिसहरुले ‘लम्हें’ को टक्करमा फिल्म रिलिज नगर्न सुझाव दिएका थिए, तर तिनी मानेनन्। अजयको फिल्मले ‘लम्हें’ सँग जमेर टक्कर लिनुको साथै फिल्म व्यवसायिक हिसाबले सफल पनि भयो। त्यसपछि अजयले कहिल्यै पछाडी फर्केर हेर्नु परेन्।

प्रकाशित : आइतबार, माघ १८, २०७७१३:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जब इगोको कारणले ऐश्वर्या र मणिरत्नमबीच भयो खिचातानी, रोकिएको थियो शूटिङ