जब इगोको कारणले ऐश्वर्या र मणिरत्नमबीच भयो खिचातानी, रोकिएको थियो शूटिङ

एजेन्सी : निर्देशक फिल्मको कप्तान हुन् र तिनको भनाई सबैले मान्नुपर्छ। यद्यपि साना-तिना निर्देशकमाथि ठुला चर्चित कलाकार हाबी हुन्छन्। तर मणिरत्नम जस्ता निर्देशक छन् भने सुपरस्टार्सले पनि उनले भनेको मान्नुपर्छ। ‘रावण’ को सेटमा फिल्मको नायिका ऐश्वर्या रायले मणिलाई टेरेनन्, मणि प्रसिद्ध निर्देशक अनि ऐश्वर्या पनि प्रसिद्ध अभिनेत्री।

‘रावण’ को कहानीमा मध्यान्तर पछि यस्तो मोड आउँछ, जतिबेला मणिरत्नमलाई लाग्छ कि ऐश्वर्यालाई बिना मेकअप देखाउन आवश्यक छ। मणिरत्नमले ऐश्वर्यालाई मेकअपको जरुरत नपर्ने बताए र साथै बिना मेकअपकै शट लिने सुनाए।

शट लिने तयारी भएपछि जब ऐश्वर्या आइन् उनलाई अलि-अलि मेकअपमा देखेर मणि छक्क परे। मणिले फेरी पनि ऐशलाई सम्झाउँदै बिना मेकअप वाला लुक चाहिएको बताए। जवाफमा ऐशले आफूले अलि अलि मात्र मेकअप गरेको र यसले कुनै समस्या नहुने जिकिर गरिन्।

मणिले ऐशलाई मुख पानीले राम्ररी धोएर आउन आग्रह गरे तर ऐशले टसमस समेत गरिनन्। मणिरत्नमको कुरा मान्न ऐशले इन्कार गरिन्। ऐश र मणि दुवैजना झुक्नको लागि तयार भएनन् र शूटिङ रोकियो। शायद ऐश्वर्यालाई डर थियो कि बिना मेकअपमा उमेरको निशान उनको अनुहारमा देखिनेछ, जसलाई उनी मेकअपको सहाराले छोप्न चाहन्थिन्। यसकारण उनले मणिको कुरा मान्न इन्कार गरेकी थिईन्। अन्तत: मणिरत्नमले ऐश्वर्याको कम मेकअप वाला लुकमै शूटिङलाई निरन्तरता दिनुपर्यो।

प्रकाशित : सोमबार, माघ १९, २०७७१७:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ कलाकारसंग थियो करण जोहरको अफेयर, लिस्टमा सिद्धार्थ, शाहरुख, एकता…!