डिभोर्सपछि चम्कियो यी ५ बलिउड अभिनेत्रीका भाग्य, रातारात स्टार बने !

फिल्मी दुनियामा हिट हुनको लागि तपाईले आफुलाई एक्सपोज गर्नुपर्ने हुन्छ। सायद यही कारण कुनै पनि अविवाहित अभिनेत्रीको विवाह भयो भने वा विवाहित महिला अभिनेत्री बनिन भने उनको पतिको दिमाखमा कतै न कतै यो कुरा खड्किरहन्छ। त्यही कारण सम्बन्ध खराब हुन्छ र उनीहरुको छोडपत्र हुन्छ।  बलिउडको यी पाँच अभिनेत्रीसँग पनि यस्तै भएको थियो । डिभोर्सपछि यी ५ अभिनेत्रीहरुले करियरमा  हिट फिल्म दिए।

मल्लिका शेरावत

२००३ मा ‘ख्वाहिश’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री मल्लिका शेरावत आफ्नो ह-ट र बो-ल्ड लुकको कारण  चिनिन्छन्।  ‘म-र्डर’ फिल्मको  सफलताले उनलाई रातारात स्टार बनाएको थियो । हामी सबैलाई उनको प्रोफेशनल लाइफको बारेमा त थाहा छ तर पर्सनल लाइफको जानकारी निकै कमलाई थाहा छ। बलिउडमा आउनुभन्दा पहिलाको  मल्लिकाको सन् २००० मा  करण सिंह गिलसँग भएको थियो । करण जेट एयरवेजको  पाईलट थिए। मल्लिका फिल्ममा काम गर्न चाहन्थिन् तर उनको श्रीमानलाई मन्जुर थिएन। यसकारण उनले डिभोर्स लिईन्।

राखी गुलजार

राखी गुलजारले १९६७ सालमा बंगाली फिल्म ‘बधु भरण’ बाट फिल्ममा इन्ट्री गरेकी थिइन्। यधपी उनको बिहे किशोरावस्थामा नै जर्नलिस्ट अजय बिस्वाससँग भएको थियो। १९६३ भएको यो बिहे दुई वर्षसम्म मात्र टिकेको थियो र १९६५ सालमा यी दुईको डिभोर्स भएको थियो। राखीको वास्तविक नाम राखी मजुमदार हो, उनले  १९७३ सालमा गुलजारसँग बिहे गरेर राखी गुलजार बनेकी थिइन्। गुलजारसँग उनको बिहे टुटेपछि पनि उनले हार मानिनन् र कैयौँ हिट  फिल्ममा काम गरिन्। यसमा ‘कभी कभी’ पनि रहेको छ। भनिन्छ कि यसै फिल्मको कारण यी दुई छुटेका थिए। गुलजार चाहदैन थिए कि राखी यस फिल्ममा  काम गरुन्।

माही गिल

देव डी, साहिब बीवी र ग्यांगस्टर, पान सिंह तोमर  जस्ता फिल्ममा काम गरेकी  माही गिलको बिहे १८ वर्षको उमेरमा भएको थियो।  उनले बिहे भएको केहि महिनापछि नै डिभोर्स लिईन्।  माहीको श्रीमान को हुन्  र उनको बिहे कति टिक्यो यस बारेमा उनले केहि पनि जानकारी दिएकी छैनन्। पछिल्लो वर्ष डिसेम्बरमा उनले आफ्नो तीन वर्षको छोरी छ भनेर सबैलाई अचम्ममा पारेकी थिइन्।

कल्की कोचलिन

कल्किले  अनुराग कश्यपको ‘देव डी’ फिल्मबाट बलिउडमा  डेब्यू गरेकी थिइन्। यसै फिल्मको क्रममा दुवैमा माया बसेको थियो।  दुवैले २०११ सालमा बिहे गरेका थिए। बिहे भएको ४ वर्षपछि २०१५ सालमा डिभोर्स लिएका थिए। अनुरागसँग डिभोर्स भएपछि कल्कीले कैयौँ हिट फिल्म दिईन्। यसमा शैतान,  जिंदगी न मिलेगी दोबारा, मार्गरीटा विद ए स्ट्रा, ये जवानी है दीवानी जस्ता फिल्म रहेको छ।

चित्रांगदा सिंह

चित्रांगदा सिंहले  ‘हज़ारों ख्वाहिशें ऐसी’ फिल्मबाट बलिउडमा इन्ट्री गरेकी थिइन्। उनको बिहे  २००१ सालमा  ज्योति रंधावासँग भएको थियो। बिहे भएपछि उनले केहि फिल्ममा काम गरिन् तर केहि कमाल गर्न सकिनन्। पछि २०१४ सालमा यी दुईको डिभोर्स भायो। यसैक्रममा उनले ‘आओ राजा’ मा आइटम नम्बरमा देखिईन्। त्यसपछि उनको लोकप्रियता बढ्यो र उनले ‘साहिब बीवी र ग्यांगस्टर ३’ मा काम गरिन्।

प्रकाशित : शनिबार, माघ १७, २०७७१०:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बाल्यकालको प्रेमसँग गरे विवाह, दुनियाँको लागि उदाहरणीय छ यी अभिनेताको प्रेम प्रसङ्ग