बाल्यकालको प्रेमसँग गरे विवाह, दुनियाँको लागि उदाहरणीय छ यी अभिनेताको प्रेम प्रसङ्ग

बलिउड स्टारहरुमध्ये यस्ता धेरै जोडीहरु छन् जसले प्रेम विवाह गरे। यद्यपि यस्ता जोडी एकदम कम छन् जसले जिन्दगीमा सफलता हासिल गरेपछि पनि आफ्नो बाल्यकालको प्रेमसँग विवाह गरे र आजसम्म तिनकै साथमा छन्। हामी तपाईलाई आज केही यस्ता सेलिब्रेटी कपल्सको बारेमा बताउनेछौँ जसले त्यहीँ युवतीसँग विवाह गरे जो सँग बाल्यकालमा प्रेम भएको थियो र अहिले पनि यी जोडी एक-अर्काको साथमा छन्।

शाहरुख खान र गौरी खान 

बलिउडको स्वप्निल संसारको सबैभन्दा चर्चित प्रेम कथा हो, शाहरुख खान र गौरी खानको। शाहरुख खान र गौरीको प्रेम प्रसंग हिन्दी सिनेमाका लगभग सबै फ्यान्सलाई थाहा छ। गौरी हिन्दु थिईन् र शाहरुख मुसलमान, यसको बाबजूद पनि यी दुईले त्यस जमानाको विरुद्दमा गई विवाह गरे र आज पनि यी दुई एकसाथ छन्। यी दुईको प्रेम कहानी पूरा दुनियाँमा प्रसिद्ध छ।

आयुष्मान खुराना र ताहिरा कश्यप

सफलताको शिखर चुम्न हरदम तम्तयार रहने आयुष्मान खुरानाले पनि आफ्नो बाल्यकालको प्रेमसँग विवाह गरेका थिए। आयुष्मान र ताहिरा दुवै एक अर्कालाई बाल्यकाल देखि नै चाहन्थे। दुवैले विवाह गरे र जिन्दगीको हरेक उतारचडावमा एक-अर्काको सहारा बनेर बसे।

पंकज त्रिपाठी र मृदुला त्रिपाठी

एकदम कम मानिसलाई मात्र थाहा होला कि पंकज त्रिपाठीले प्रेम विवाह गरेका थिए। पंकजले एक फेमिली फंक्सनमा मृदुलालाई पहिलो पटक देखेका थिए र त्यतिबेला नै पंकजले उनीसँग विवाह गर्ने फैसला गरेका थिए। लामोसमयसँग एक अर्काबाट टाढा रहँदा पनि यी दुई बीच आत्मीय सम्बन्ध कायम रहिरह्यो। र अन्तत: करियरमा सफलता मिल्न थालेसँगै सन् २००४ मा विवाह गरे।

ज्याकी श्रफ र आयशा दत्त 

ज्याकी श्रफले आयशा दत्तलाई पहिलो पटक भेट्दा ज्याकी मात्र १३ वर्षका थिए। त्यतिबेला देखि नै दुवैको दिलमा एक-अर्काप्रति लगाव बन्यो। कुरा अघि बढ्दै जाँदा डेटिङको सिलसिला पनि  चल्यो र सन् १९८७ मा दुवैले विवाह गरे। बाल्यकालदेखि नै मिलेको यो जोडी अझैं पनि साथमा छ।

सुनील शेट्टी र माना शेट्टी

बलिउडको यस नयाँ कालमा विवाह भएको केही वर्षमै सम्बन्ध विच्छेद भएका थुप्रै उदाहरणहरु छन्। तर सुनील शेट्टी उनको लागि एक उदाहरण बन्न सक्छन्। सुनीलले पहिलो पटक मानालाई एक पेस्ट्री शपमा देखेका थिए। सुनीलले वर्षौं मिहिनेत गरेर मानालाई विवाहको लागि राजी गराएका थिए र सन् १९९१ मा दुवैले विवाह गरे। अहिले पनि यी दुई सुखमय वैवाहिक जीवन बिताईरहेका छन्।

बबी देओल र तान्या देओल

बबी र तान्याले पनि प्रेम विवाह गरेका थिए। दुवैको विवाह सन् १९९६ मा भएको थियो। बबीलाई पहिलो नजरमै तान्या मन परेको थियो र ढिला नगरी उनले प्रेम प्रस्ताव राखे। जुन पछि विवाहसम्म पुग्यो।

वरुण धवन र नताशा दलाल

वरुण-नताशाको विवाह सन् २०२१ को जनवरी २४ मा भएको थियो। वरुण धवनले पनि आफ्नो बाल्यकालको साथीसँग विवाह गरेका हुन्। दुवैजना बाल्यकालदेखि नै एक-अर्काको साथमा थिए र धेरै वर्षसम्म डेट गरेपछि अहिले दुवैले विवाह गरेका हुन्।

प्रकाशित : शनिबार, माघ १७, २०७७१२:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कपडा फ्याक्ट्रीमा काम गर्ने यी युवकको भाग्य यसरी चम्कियो कि रातारात बने सुपरस्टार