यी अभिनेत्रीले आफ्नो सुन्दर प्राकृतिक मुहार प्लास्टिक सर्जरी गरेर कुरूप बनाए

एजेन्सी : फिल्म इन्डस्ट्रीमा राम्रो देखिनको लागि प्लास्टिक सर्जरी गर्ने चलन कुनै नयाँ हैन। यस्ता धेरै अभिनेत्रीहरु छन् जसले प्लास्टिक सर्जरी गरेर आफ्नो अनुहार थप सुन्दर र आकर्षक बनाएका छन्। त्यस्तै कसैलाई भने यो भारी पर्न गयो। प्लास्टिक सर्जरीकै कारण फ्यानले उनीहरुलाई खुब ट्रोल पनि गरे।  यस्ता केहि अभिनेत्री छन् जो प्लास्टिक सर्जरी गरेकै कारण फ्यानबाट आलोचित भए।

• राखी सावन्त(Rakhi Sawant) : – 

राखी सावन्तले आफ्नो करियर फिल्म ‘अग्नि चक्र’ बाट शुरू गरिन्। आफूलाई आकर्षक बनाउन राखीले शल्यक्रियाको सहारा लिइन्। सुरुमा उनका ओठहरू एकदम पातला थिए, यस्तो राखीले ओठ अलि मोटो बनाउन प्लास्टिक सर्जरी गरिन्। राखीले धेरै शल्यक्रिया गरिसकेकी छन, जसका कारण ट्रोलरहरूले उनलाई प्लास्टिकको दोकान समेत भनिसकेका छन्। दर्शकहरु उनलाई अझै पनि सोशल मिडियामा ट्रोल गर्छन्। राखीले आफूले प्लास्टिक सर्जरी गरेको पनि स्वीकारेकी छिन्।

• श्रुति हसन(Shruti Haasan) : – 

श्रुति हसन दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन्। उनले नाकको शल्यक्रिया पनि गरिसकेकी छिन्। उनले ‘वाराणम आयुराम’ (२००८), ‘पृथ्वी’ (२०१०), ‘उद्यान’ (२०११), ‘येननामो येधो’ (२०१४) जस्ता धेरै फिल्महरूमा अभिनय गरेकी छिन्। श्रुतिले पनि आफूले प्लास्टिक सर्जरी गरेको कुरा स्वीकार गरेकी छिन्।

• कोइना मित्रा(Koena Mitra)

बिग बोस १३ मा देखिएकी नायिका कोइना मित्राले पनि नाकको प्लास्टिक सर्जरी गरिसकेकी छिन् तर यो उनलाई भारी पर्न गयो। पछि फिल्म निर्देशकहरुले उनलाई आफ्ना फिल्ममा लिन बन्द गरे। प्लास्टिक सर्जरीकै कारण उनले कुनै काम नपाएर ६ महिना घरमै बस्न परेको पनि भनिन्छ। उनी यो सर्जरीलाई आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती मान्छिन्। बिग बोसमा पनि उनले यो कुरा खुलासा गरेकी थिइन्।

सहर तबर(Sahar Tabar)

लोकप्रिय हलिउड अभिनेत्री एन्जेलिना जोली जस्तो देखिने चक्करमा प्लास्टिक सर्जरीको कारण आफ्नो अनुहार बर्बाद गर्ने सहर तबर एक इन्स्टाग्राम स्टार हुन्। २०१७ मा उनले करिब ५० सर्जरी गराइन् ताकी आफू एन्जेलिना जोली जस्तै देखियोस्।

प्रकाशित : शुक्रबार, माघ १६, २०७७१८:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डिभोर्सपछि चम्कियो यी ५ बलिउड अभिनेत्रीका भाग्य, रातारात स्टार बने !