यस विदेशी एक्टरको प्रेममा चुर्लुम्मै डुबेकी थिईन् श्रुति, ब्रेकअपपछि डुबिन् नशामा

दक्षिण भारतीय चलचित्रका दिग्गज अभिनेता कमल हासनकी जेठी सुपुत्री अभिनेत्री श्रुति हासन बिहिबार २८ जनवरीबाट ३५ वर्षकी भएकी छिन्। श्रुतिको जन्म २८ जनवरी १९८६ मा तमिलनाडूको राजधानी चेन्नईमा भएको थियो। श्रुतिले आफ्नो पिता सरह ख्याति कमाउन त सकिनन् तैपनि उनी चर्चामा भने सधैँ रहन्छिन्।

श्रुतिले दक्षिण भारतीय फिल्मसँगै हिन्दी सिनेमामा पनि काम गरेकी छिन। उनी आफ्नो सुन्दरताले पनि प्राय: हरेकका ध्यान आफूतिर आकर्षित गर्छिन्। आज तपाईलाई श्रुतिका केही खास कुराहरु अवगत गराउँछौँ।

दिग्गज अभिनेता कमल हासन जो कि श्रुतिका पिता हुन् भने उनकी आमा सारिका ठाकुर पनि कुनै समयको एक चर्चित अभिनेत्री हुन्। कमल हासनले पहिलो विवाह सन् १९७८ मा वाणीसँग गरेका थिए। त्यस्तै दोस्रो विवाह उनले सन् १९८८ मा सारिकासँग गरेका थिए। सन् २००४ मा कमल र सारिकाको वैवाहिक सम्बन्ध टुटेको थियो। दुवैका दुई छोरी छन् – श्रुति हासन र अक्षरा हासन।

श्रुति एक शानदार अभिनेत्री भएको कुरासँग हरकोहीं परिचित छन्। यद्यपि उनी एक राम्रो गायिका पनि भएको कुरा थोरैलाई मात्र थाहा हो। उनले आफ्नो पिताको शानदार फिल्म ‘चाची ४२०’ मा एक गीत गएकी थिईन्। सङ्गीतको शिक्षा उनले क्यालिफोर्नियाबाट प्राप्त गरेकी थिईन्। श्रुतिको औपचारिक शिक्षाको कुरा गर्ने हो भने उनको विद्यालयस्तरको पढाई चेन्नईबाट गरेकी हुन्। त्यस्तै उनले कलेजको पढाई मुम्बईको सेन्ट एन्ड्रु कलेजबाट पूरा गरेकी हुन्।

श्रुति आफ्ना मातापिता जसरी फिल्मी दुनियाँमा हिट भईनन्। साउथमा उनले वारनम आयिरम(२००८), पृथ्वी(२०१०), येननामो येधो(२०१४) सहित अन्य थुप्रै फिल्ममा काम गरिसकेकी छिन्। त्यस्तै हिन्दी सिनेमामा उनले ‘दिल तो बच्चा है जी’, ‘रमैया वस्तावैया’, ‘वेलकम बैक’ र ‘गब्बर इज बैक’ जस्ता फिल्महरुमा अभिनय गरेकी छिन्।

श्रुति हासन आफ्नो निजी जिन्दगीको कारण चर्चाको केन्द्रमा रहन्छिन्। एक समय भारतीय क्रिकेट टिमका पूर्व चर्चित क्रिकेटर सुरेश रैनासँग उनको नाम जोडिएको थियो। सुरेश श्रुतिको प्रेममा परेका थिए। एकपटक श्रुति आइपिएलमा चेन्नई सुपर किंग्सको एक म्याचमा चेन्नईको जर्सी लगाई स्टेडियममा चियर गर्दै गरेको दृश्य सामजिक सञ्जालमा भाइरल भएको थियो। तर यो सम्बन्धले लामो उडान भर्न सकेन।

श्रुतिको नाम सुरेश रैनापछि माइकल कोर्सलसँग जोडिएको थियो। श्रुति र माइकल दुवै लामो समयसम्म रिलेशनमा रहेका थिए। सन् २०१६ मा यी दुईको सम्बन्ध सुरुवात भएको थियो र सन् २०१९ मा दुवै अलग भए। यो सम्बन्ध टुटेपछि श्रुतिलाई ठुलो झट्का लागेको थियो र उनी खराब आदतको शिकार भएकी थिईन्। एक अन्तर्वार्तामा अभिनेत्री श्रुति स्वयमले यस कुराको खुलासा गरेकी थिईन्। उनले ब्रेकअपको असर आफ्नो करियरमा पनि परेको खुलाएकी थिईन्। र साथै त्यस सम्बन्धबाट आफूले धेरै पाठ सिकेको स्वीकारिन्।

श्रुतिले बालकलाकारको रुपमा अभिनय यात्रा थालनी गरेकी थिईन्। श्रुति बहुमुखी प्रतिभाकी धनी व्यक्तित्व हुन्। उनी अभिनेत्री र गायिकासँगै एक मोडेल, म्युजिक कम्पोजर र लेखक पनि हुन्। मलाई थाहा नहुन् सक्छ श्रुतिले केवल १४ वर्षको उमेरदेखि नै फिल्मको स्क्रिप्ट लेख्न सुरु गरेकी थिईन्। श्रुति हासनको एक खास कुरा यो हो कि उनी थुप्रै भाषाको जानकार हुन्। हिन्दी र अँग्रेजीसँगै उनी मलयालम, तमिल, तेलुगु र कन्नड भाषामा पनि पोख्त छिन्।

प्रकाशित : शुक्रबार, माघ १६, २०७७१८:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी अभिनेत्रीले आफ्नो सुन्दर प्राकृतिक मुहार प्लास्टिक सर्जरी गरेर कुरूप बनाए