यी हुन् साउथ फिल्म इन्ड:स्ट्रीको सबैभन्दा महँगो हिरोइन, लिन्छन् मोटो रकम

काठमाडौँ : बलिउडपछि  साउथ फिल्म इन्डस्ट्री बलिउडको दोस्रो सबैभन्दा ठुलो फिल्म इन्डस्ट्री हो। यहाँ काम गर्ने अभिनेत्रीको लोकप्रियता निकै रहेको छ। यहाँसम्म कि नर्थमा पनि यी साउथ फिल्मको अभिनेत्रीलाई निकै मन पराईन्छ। यही कारण उनीहरु फिल्ममा काम गर्न धेरै रकम लिन्छन्। केही अभिनेत्रीको स्ट्याटस बलिउड अभिनेत्री भन्दा धेरै रहेको छ।

काजल अग्रवाल: साउथ इन्डस्ट्रीको टप अभिनेत्रीमा काजलको नाम सबैभन्दा पहिला आउँछ। उनले तमिल, तेलुगु सहित हिन्दी फिल्ममा पनि काम गरिसकेकी छन्। हालै उनले बिजनेसम्यान गौतम किचलूसँग बिहे गरेकी हुन्। उनी आफ्नो एक फिल्मको लागि तीन करोड लिन्छिन्। बलिउडमा उनले अक्षय कुमार र अजय देवगन जस्ता हिरोसँग काम गरिसकेकी छन्।

नयनतारा: लोकप्रियताको मामलामा  नयनतारा साउथको अभिनेतालाई टक्कर दिन्छिन्। उनको फ्यान फलोइङ करोडौँ रहेको छ। उनी एक फिल्मको लागि पाँच करोड रुपैँयासम्म पारिश्रमिक लिन्छिन्। उनी तमिल फिल्म इन्डस्ट्रीको सबैभन्दा महँगो अभिनेत्रीको रुपमा चिनिन्छ।

सामन्था अक्किनेनी : आफ्नो अभिनय र फेशनको लागि चर्चित अभिनेत्री सामन्था अक्किनेनी पनि निकै पैसा लिन्छिन्। उनले एक फिल्मको लागि करिब २ करोड रुपैँया लिन्छिन् । बिहेपछि उनले प्रोफेशनल लाइफमा निकै राम्रो प्रदर्शन गरिरहेकी छन्। उनी एक एनजीओको मालिक्नी हुन्।

तमन्ना भाटिया: तमन्नालाई साउथ इन्डस्ट्रीको सबैभन्दा सुन्दर अभिनेत्री मानिन्छ। उनी एक फिल्मको लागी २ करोड लिन्छिन्। उनले तमिल, तेलुगुको साथसाथै हिन्दी फिल्ममा काम गरिसकेकी छन्। यद्यपि हिन्दी फिल्ममा उनलाई त्यति मन पराईएन।


तृषा कृष्णन: तमिल, तेलुगु र हिन्दी फिल्ममा काम गरिसकेकी अभिनेत्री तृषा कृष्णन एक फिल्मको लागि डेढ करोड लिन्छिन्। उनले तमिल र तेलुगू भाषाको फिल्ममा धेरै काम गरेकी छन्। हिन्दी फिल्ममा भने उनको करियर बनेन ।

हंसिका मोटवानी : हंसिकाले हिन्दी फिल्ममा पनि काम गरेकी छन् तर उनले हिन्दी फिल्ममा सफलता पाईनन्। त्यसैले उनी अधिकतर तमिल र तेलुगु फिल्ममा धेरै काम गर्छिन्। उनले एक फिल्ममा काम गर्नको लागी १ करोड लिन्छिन्।

प्रकाशित : शुक्रबार, माघ १६, २०७७१७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस विदेशी एक्टरको प्रेममा चुर्लुम्मै डुबेकी थिईन् श्रुति, ब्रेकअपपछि डुबिन् नशामा