शरमन जोशीका पिता तथा ‘शोले’ का यी अभिनेताको निधन

एजेन्सी : गुजराती थियटर एक्टर तथा डायरेक्टर अरविन्द जोशीको आज मुम्बईको नानावती अस्पतालमा ८४ वर्षको उमेरमा निधन भएको छ। उनले ‘शोले’ र ‘इत्तेफाक’ जस्ता बलिउड फिल्ममा  पनि काम गरेका थिए। अरविन्द जोशीका छोरा शरमन जोशी चर्चित बलिउड एक्टर हुन्। उनकी छोरी मानसी जोशी टिभी एक्ट्रेस रहिसकेकी छिन्। मानसीले एक्टर रोहित रोयसँग विवाह गरेकी हुन्।

प्रेम चोपडाको सम्धी थिए अरविन्द जोशी
कोमल नाहटाको फिल्म इन्फर्मेसनको रिपोर्ट अनुसार गुजराती थियटर आर्टिस्ट, शरमन जोशीका पिता तथा चर्चित फिल्म शोलेका अभिनेता अरविन्द जोशीले शुक्रबार मुम्बईको नानावती अस्पतालमा अन्तिम सास लिए। अरविन्द जोशी बलिउड भिलेन प्रेम चोपडाका सम्धी पनि थिए। पिताको निधनको एक दिन अघि शरमन जोशीले एक अन्तर्वार्तामा बताएका थिए कि उनी बलिउडमा अझैं पनि आउटसाइडर जस्तो महसुस गर्छन्। उनले आइएएनएससँगको कुराकानीमा भने कि म आज पनि आउटसाइडर महसुस गर्छु। भावी दिनमा मेरा बालबच्चाले म हिन्दी सिनेमामा भएको फाइदा उठाउन सक्छन्। मैले मानिसहरुसँग राम्रो सम्बन्ध बनाईराखेको छु। मलाई कहिलेकाहीँ दुख लाग्छ कि म फिल्म इन्डस्ट्री फ्यामिलीसँग जोडिन् अप्ठ्यारो हुन्छ। म थियटर फ्यामिलीमा जन्मिएको थिए, यसकारण मसँग यसको निकै अनुभव छ।

फिल्मको सेटको माहोल थियटर भन्दा अलग
शरमन पहिलोत पटक फिल्म ‘गडमदर’ को लागि सेटमा गएका थिए। त्यहाँ उनलाई सेटको माहोल थियटर भन्दा निकै अलग लाग्यो। उनलाई सुरुमा भ्यानिटी भ्यानमा कसरी समय बिताउने बारेमा ज्ञान थिएन। सेटमा मानिसहरुको चहलपहल र तामझाम देखेर उनी दंग पर्थे। थियटरमा पर्फमेन्स अघि अत्यन्तै शान्ति हुन्छ। शरमन जोशीले ‘फरारी की सवारी’, ‘३ इडियट्स’, ‘रंग दे बसन्ती’ जस्ता थुप्रै फिल्महरुमा काम गरी आफ्नो अभिनय कौशलताले दर्शकहरुबाट वाहवाही पाएका छन्। पछिल्लो समय शरमन जोशी ‘फौजी कलिङ’ फिल्मको शूटिङमा व्यस्त छन्। यो फिल्म सैनिक परिवारमा आधारित छ।

प्रकाशित : शुक्रबार, माघ १६, २०७७१३:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् साउथ फिल्म इन्ड:स्ट्रीको सबैभन्दा महँगो हिरोइन, लिन्छन् मोटो रकम