दुबईको मरुभूमिमा गराईन् टपलेस फोटोशुट, धम्की आएपछि भनिन् – ‘केही गलत गरेको त छैन।’

ब्राजिलकी एक प्लेब्वाय मोडेल आफ्नो लेटेस्ट तस्बिरका कारण विवादमा छिन्। ल्युआना सेन्डियन(Luana Sandien)ले हालै दुबईको एक मरुभूमिमा टपलेस फोटो शूट गरेकी थिईन्। उनले ती तस्बिरहरु इन्स्टाग्राममा पोस्ट गरेकी थिईन्। ती तस्बिरहरु भाइरल भएपछि उनले अनलाइन धम्की पाएकी थिईन् तर मोडेलले आफूले केही गलत नगरेको दाबी गरेकी छिन्।

ल्युआनाले डेलिस्टारसँगको कुराकानीमा भनिन् कि यी मेरा सबैभन्दा उत्कृष्ट फोटोहरुमध्ये एक हुन् र म कसैलाई लज्जित महसुस गराउन चाहदिन्थे। मलाई थाहा थियो कि यस देशमा न्युड तस्बिर खिच्नु सही मानिदैन, यसकारण मैले आफ्नो निजी अङ्गले आफ्नो हातले छोपेको छु। यसको बाबजूद पनि केही अनलाइन हेटर्सबाट धेरै धम्कीहरु आए ।

अनलाइन धम्कीबीच अभिनेत्रीले धेरै मान्छेहरुका प्रतिक्रियाको जवाफ दिएकी छिन्। एक अनलाइन प्रयोगकर्ताले आखिर उनलाई अहिलेसम्म किन पक्राउन नगरिएको भनेर आक्रोससहित जिज्ञासा राखेका छन्। यस कुरामा ल्युआनाले त्यहीँ व्यक्तिलाई ट्रोल गर्दै भनिन् कि मेरो चार्म अनुसार मैले जे चाहे त्यही गरे। यस बाहेक एक प्रयोगकर्ताले हरेक देशको आ-आफ्नै नियम कानुन हुने र यदि कसैले त्यसलाई अनुसरण गर्दैन भने त्यो अवश्य समस्याको खाल्डोमा पर्नेछ भन्दै सावाधाने गराएको छ ।

केही मध्यपूर्वी देश जस्तै दुबईमा पनि सार्वजनिक शालीनतालाई लिएर मानिस निकै संवेदनशील छन्। र सार्वजनिक स्थलमा महिला प्राय: डिसेन्ट ड्रेस कोड अनुसरण गर्छन्। स्विमिङ सुट्स स्विमिङ पूल भित्र मात्र सीमित हुन्छ। यो भन्दा अघि रियालिटी टिभी शो लव आइल्याण्ड स्टार जर्जिया स्टिल पनि माल्दिभ्सका मानिसहरुबाट आलोचनाको शिकार हुनुपरेको थियो। उनले माल्दिभ्समा टपलेस फोटो खिची इन्स्टाग्राममा पोस्ट गरेकी थिईन्।

यस मामिलामा द सनसँग कुरा गर्दै एक स्थानीय व्यक्तिले भने कि पश्चिमी देशका मानिसहरुलाई यो अनौठो लाग्न सक्छ तर हाम्रो देशमा आएर यहाँको रीतिरिवाज र कानुन नमान्दा हाम्रो देशको इज्जत नगरेको जस्तो महसुस हुन्छ। यी सामाजिक सञ्जालका स्टार्सलाई सम्झाउन आवश्यक छ कि माल्दिभ्स या दुबई  यिनको इन्स्टाग्राम प्रोफाइलको लागि शानदार ब्याक्ग्राउण्ड हुन् सक्छ तर आफ्नो हर्कतलाई मर्यादित नबनाउँदा जेल पनि जान सक्छन्।

प्रकाशित : बिहिबार, माघ १५, २०७७१९:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शरमन जोशीका पिता तथा ‘शोले’ का यी अभिनेताको निधन