७४ वर्षीय व्यक्तिसँग यस अभिनेत्रीले गरेकी थिईन् विवाह, १२ दिनमा गरिन् सम्बन्ध बिच्छेद

एजेन्सी : ५४ वर्षीय हलिउड अभिनेत्री पामेला एन्डरसन आफ्नो विवाहको कारण सञ्चार माध्यममा चर्चाको शिखरमा छिन। उनले आफ्नो बडिगार्डसँग छैंठौं विवाह गरेकी छिन्। यो भन्दा अघि उनले ४ जनासँग ५ पटक विवाह गरिसकेकी छिन्। रिक सालोमोनसँग त उनले २ पटक विवाह गरेकी थिईन्। यसकारण यो अहिले उनको छैठौं विवाह हो। यो विवाह भन्दा अघि अभिनेत्री पामेलाले ७४ वर्षीय वृद्दसँग विवाह गरेकी थिईन्, जुन १२ दिनमा टुटेको थियो।

हलिउडका ७४ वर्षीय फिल्म निर्माता जोन पिटर्स(Jon Peters) सँग पामेलाले विवाह गरेकी थिईन्। दुवैले लामो समयसम्म एक-अर्कालाई डेट गरेका थिए, तर १२ दिन भित्रै वैवाहिक सम्बन्ध टुटेको थियो।

पामेला एन्डरसन(Pamela Anderson) ले यो भन्दा अघि रकर्स टमी लि र किड रकसँग विवाह गरेकी थिईन्। त्यसपछि उनले पोकर रिक सालोमोनसँग दुईपटक विवाह गरेकी थिईन्।

त्यसपछि पामेलाले हेयर स्टाइलिस्ट रहिसकेका फिल्म निर्माता जोन पिटर्सलाई आफ्नो जीवसाथीको रुपमा चुनिन् र छैठौँ पटक उनले आफ्नो बडिगार्ड डैन हैहर्स्ट(Dan Hayhurst) सँग विवाह गरिन्।

सन् २०१० मा पामेला बिग बोस ४ मा पनि देखिएकी थिईन्। उनी सबैभन्दा महँगो प्रतियोगी मध्ये एक थिईन्।

पामेला सामाजिक सञ्जालमा खुबै सक्रिय रहन्छिन्। प्राय: उनी आफ्नो हट तस्बिरहरु शेयर गरिरहन्छिन्।

प्रकाशित : बिहिबार, माघ १५, २०७७१७:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुबईको मरुभूमिमा गराईन् टपलेस फोटोशुट, धम्की आएपछि भनिन् – ‘केही गलत गरेको त छैन।’