बलिउडकी यी अभिनेत्री भनेपछि सलमानको सात्तो जान्थ्यो, डरले काप्थे थुरथुर

एजेन्सी : बलिउडका दबंग खान आजका सुपरस्टार हुन्। जुनसुकै कलाकारहरु उनीसँग काम गर्ने इच्छा राख्छन्। बलिउडमा प्राय: कलाकारहरुलाई सलमानसँग डर लाग्छ। तर के तपाईलाई थाहा छ सलमान खान पनि बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीसँग काम गर्न डराउँथे । सलमान खान श्रीदेवी कपुरसँग काम गर्न निकै डराउँथे ।

श्रीदेवीले ४ वर्षको उमेरमा नै एक तमिल फिल्ममा अभिनय गरेकी थिइन्। उनले आफ्नो करियरको सुरुवात १९७६ मा तमिल फिल्म ‘मुन्दरू मुदिची’ बाट गरेकी थिइन्। उनले आफ्नो तिन दशक लामो फिल्मी करियरमा करिब २०० फिल्ममा काम गरिन् ।

जब श्रीदेवी कुनै पनि फिल्ममा काम गर्थिन तब त्यहाँ हिरोको मुल्य बराबर हुदैनथ्यो। यति मात्रै नभई अधिकांश हिरोहरु उनीसँग काम गर्न डराउथे। श्रीदेवीले १९७९ मा हिन्दी फिल्म ‘सोलवा सावन’ मा काम गरेकी थिइन्।

यो कुरा सबैलाई थाहा छ की बलिउडमा अभिनेतालाई भन्दा अभिनेत्रीहरुलाई बढी पारिश्रमिक दिईन्छ। ८० र ९० को दशकमा निर्माता-निर्देशकहरु श्रीदेवीलाई फिल्म हिट बनाउने सुत्र मान्थे। यसैकारण त्यस समयमा श्रीदेवी यस्तो अभिनेत्री थिइन् जसले सबैभन्दा बढी पारिश्रमिक (१ करोड) पाएकी थिइन्।

श्रीदेवीको २०१८ को फेब्रुअरी २४ मा दुबईको एक होटेलमा बाथटबमा डुबेर निधन भएको थियो। उनि ८० र ९० को दशककी सुपरस्टार हुन्।

प्रकाशित : बिहिबार, माघ १५, २०७७१५:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

७४ वर्षीय व्यक्तिसँग यस अभिनेत्रीले गरेकी थिईन् विवाह, १२ दिनमा गरिन् सम्बन्ध बिच्छेद