प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड नेपाल पक्षको १० सिट पनि नआउने दावी गरेका छन् । आफूनिकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाल भिरको बाटो हिँडेको टिप्पणी गरे ।
जनताले सो पक्षलाई कहिल्यै माफ नगर्ने पनि उनको भनाइ छ । उनले वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–नेपाल पक्ष बरफझै पग्लेर सकिने बताए । यो खबर कान्तिपुर दैनिकमा खबर छ ।