शिक्षकले जथाभावी प्राप्ताङ्क पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरूबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न ढिलाइ भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो । शिक्षकले पूर्णाङ्कभन्दा बढी नम्बर दिने र पूर्णाङ्क बराबर नै अंक दिएको पाइएको रुजुमा संलग्न एक कर्मचारीले बताए । यो खबर आज कान्तिपुर दैनिकमा प्रकाशित छ ।