साउथ कोरियाकी अभिनेत्री सङ यु जङको निधन, संसारभरका के-ड्रामा प्रशंसक दुखी

काठमाडौँ : साउथ कोरियाकी अभिनेत्री सङ यू जङ(Song Yoo-jung) को असामायिक निधनले पूरा दुनियाँभरका के-ड्रामा प्रशंसक दुखी भएका छन्। २५ जनवरीमा २६ वर्षीय अभिनेत्री सङको निधन २३ जनवरीमा भएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले छापेको थियो। उनको एजेन्सी, सबलाइम आर्टिस्टले यो खबर पुष्टि गरेको थियो। एक अफिसियल स्टेटमेन्टमा भनिएको थियो कि सङ यू जङ २३ जनवरी २०२१ मा यस दुनियाँबाट अलविदा भएकी थिईन् र उनका परिवारको इच्छा अनुसार यो खबरलाई सञ्चारमाध्यममा दिईएको थिएन। उनको अन्तिम संसार २५ जनवरीमा गरिएको थियो।

सङले २०१३ को ‘सिटकम गोल्डेन रेन्बो’ बाट अभिनयको सुरुवात गरेकी थिईन्, जसमा उनी किम यो जङ र जङ इल वु जङसँग देखिएकी थिईन्। यस फिल्ममा उनले केही वास्तविक भावनात्मक दृश्य दिएकी थिईन्। उनले एक अर्को सिरिज ‘मेक अ विश(२०१४)’ मा आफ्नो अभिनय कौशलताले दर्शकबाट वाहवाही बटुलेकी थिईन्।

आफ्नो छोटो करियरमा सङले आफ्नो के-ड्रामा भूमिका र सङ्गीत भिडियो प्रस्तुतिबाट लोकप्रियता हासिल गरेकी थिईन्। उनी टिभीमा अन्तिम पटक सन् २०१७ मा ‘केबिएस स्कुल’ मा देखिएकी थिईन्। यस सिरियलमा उनीसँग किम से जोङ र किम जङ ह्युन थिए। हालै २०२० मा सङ मेङ नाइवको हाउ डु आइ फर फिमेल लिडको म्युजिक भिडियोमा देखिएकी थिईन् .उनले आफ्नो करियरमा थुप्रै विज्ञापनहरुमा पनि काम गरेकी थिईन्। आफ्नो अपार्टमेन्ट मृत भेटिएको अभिनेत्री सङको मृत्युको कारण भने खुलाईएको छैन।

प्रकाशित : बुधबार, माघ १४, २०७७१६:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडकी यी अभिनेत्री भनेपछि सलमानको सात्तो जान्थ्यो, डरले काप्थे थुरथुर