भोलि भदौ ११ गते बुधवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

भोलि मिति बिक्रम संवत २०७६ साल भदौ महिनाको ११ गते बुधवार इश्वी संवत २०१९ अगस्ट २८ तारिख, तपाईका लागि कस्तो रहला ?  हेर्नुहोस भोलिको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

स्वास्थ्य कमजोर रहेता पनि प्रयास गरेको खण्डमा राम्रै सफलता हात लागि भएर जानेछ। सामाजिक एवम सार्वजनिक कार्यमा मन लाग्नेछ। मान प्रतिष्ठा भंग हुन नदिनुहोला। इश्वर ध्यान भक्तिमा लिप्त हुनाले बिशेष लाभ हुने देखिन्छ।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

नया कामको थालनी गर्नका लागि परिवारको उचित साथ् र सहयोग मिल्नेछ। साहित्य सिर्जनामा मन जानेछ।  स्वादिष्ट भोजनको अवसर मिल्नेछ।  छोटा तर रमणीय यात्राको सम्भावना रहेको छ।  चिताएको काम पुरा हुनाले मन उत्साहित रहने छ। बोल्दा भने अलि विचार पुर्याउनु पर्नेछ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

शरीरिक एवम मानसिक अस्वस्थताको शिकार भइने छ।  काम बिग्रने डरले सताउने छ। कडा परिश्रमका बाबजुत न्यून प्रतिफलमा चित्त बुझाउनु पर्नेछ।  पारिवारिक वातावरण सुखमय रहने छ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग मिल्नेछ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer )

काममा लगनशील बन्नाले दिगो फाइदा हुने काम हात लागि भएर जानेछ।  ऋणबाट छुटकारा मिल्ने देखिन्छ। उत्तम भोजनको अवसर मिल्नेछ।  रमणीय यात्राको सम्भावना रहेको छ।  शुभ समाचार सुन्न पाइने छ।  दाम्पत्य जीवन सुखमय रहने छ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

कीर्तिमानी काम गर्ने समय रहेको छ।  मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।  स्वास्थ्य सम्बन्धी समस्याले सताउने छ।  अनावश्यक झैँ झमेलामा सामेल नहुदा नै राम्रो हुनेछ।  खर्चको मात्रा बढेर जानेछ।  सुखद बैदेशिक यात्राको योग रहेको छ।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

बिशेष जिम्मेवारी बहन गर्ने स्थिति आइपर्ने छ। अधुरा रहेका काम पुरा भएर जानेछ।   आय आर्जनका नया स्रोतहरु खुलेर जानेछन।  रमणीय स्थलको यात्रा हुने सम्भावना रहेको छ।  सन्तान सुख मिल्नेछ।  पारिवारिक वातावरण पनि सुखमय रहनेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

अपेक्षा अनुरुपको कार्य सम्पादन भएर जानेछ। नया कामको जिम्मेवारी बढ्ने छ।  व्यापार व्यवसायमा लाभ हुने देखिन्छ।  नोकरीमा पदोन्नतीको योग रहेको छ।  माता पिताको प्रसस्त साथ सहयोग मिल्नेछ।  कार्यक्षेत्रम सहकर्मीको सहयोग मिल्नेछ।  समग्रमा तुल राशिका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

विभिन्न बाधा र अवरोधका बाबजुत समुदाय हितका लागि खटिने समय रहेको छ।  शारीरिक थकान आलस्यता र चिन्ताले पिरोल्ने छ।  सन्तान सुख मिल्ने छैन।  सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ।  स्वास्थ्यमा समस्या देखिने छ। महत्वपुर्ण योजनालाई गोप्य राखेर अगाडी बढ्द नै बिसेष लाभ हुने देखिन्छ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

सामाजिक एवम परोपकारात्मक क्रियाकलापबाट मान प्रतिष्ठा मिल्नेछ।  धार्मिक एवम मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। बाणी तथा व्यवहारमा संयमित् रहनु पर्नेछ।  स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा सजक रहनु पर्नेछ।  आर्थिक लाभको सम्भावना रहेको छ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

परिवारजनको साथ अनि सहयोगले नया काम गर्ने जोस जाँगर बढेर जानेछ।  सामान्य समस्याका बाबजुत दिन मनोरन्जनात्मक तरिकाले व्यतित हुनेछ। आयआर्जन मा वृद्धि भएर जानेछ।  कार्यमा सफलता मिल्नेछ।  स्वास्थ्य अनुकुल रहेको छ।  नया बश्त्रभुशन खरिद गर्ने समय रहेको छ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

सोख पूर्तिका लागि खर्च बढ्ने सम्भावना रहेको छ।  सानातिना घरायसी काममा अल्झिने समय रहेको छ।  यश किर्तीमा वृद्धि हुनेछ।  पारिवारिक सहयोगले नया काममा हात हाल्ने समय रहेको छ। मनमा उत्साह बढेर जानेछ।  नोकरी व्यवसायका लागि दिन अनुकुल नै रहेको छ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces)

सहयोगको आशा देखाउनेहरुले अन्तत धोका दिनेछन। लाभ नहुने कामको जिम्मेवारी बहन गर्नु पर्नेछ। साहित्य लेखनका सन्दर्भमा दिन अनुकुल रहेको छ।  दाम्पत्यजीवन सुखमय बित्नेछ।  व्यवहारमा संयम रहनु पर्नेछ।  मानसिक क्रोधलाई काबुमा राखेर अगाडी बढ्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।

प्रकाशित : मङ्गलबार, भदौ १०, २०७६१८:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि भदौ २१ गते शनिवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !