भोलि भदौ २१ गते शनिवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

भोलि मिति बिक्रम संवत २०७६ साल भदौ महिनाको २१ गते शनिवार इश्वी संवत २०१९ सेप्टेम्वर ७ तारिख तपाईका लागि कस्तो रहला ? आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

व्यवसायिक काममा खर्च बढ्नेछ।  अरुको श्रममा बुद्धि तथा समय खर्चिनु पर्नेछ।  शारीरिक अस्वस्थताको अनुभूति हुनेछ।  क्रोधलाई काबुमा राखेर अगाडी बढ्नु पर्ने देखिन्छ।  व्यवहारमा संयमित रहनु पर्नेछ।  धार्मिक कार्यको आयोजना हुनेछ।

वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus )

विशिष्ट व्यक्तिहरुका साथमा मित्रता बढ्नेछ।  कला साहित्यको क्षेत्रमा रुचि बढ्नेछ।  नया कामको शुभारम्भ भने सकेसम्म नगर्दा नै राम्रो हुनेछ।  अधिक कार्यभारका कारण शारीरिक थकानको अनुभूति हुनेछ।  स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष ध्यान पुर्याउनु पर्नेछ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

प्रेम तथा मित्रताको बन्धन कसिने समय रहेको छ। दाम्पत्य जीवनमा खुसियाली छाउने छ। सामाजिक दायित्व बोध हुनेछ।  मान प्रतिष्ठामा वृद्धि हुनेछ।  स्वादिष्ट भोजनको अनुभूति मिल्नेछ।  अरुलाई प्रभावमा पारेर काम गर्न सकिनेछ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)

बाध्यताले अनावश्यक अलमल बढाउने छ।  सहयोगको आशा देखाउनेहरुले धोका दिनेछन।  पारिवारिक वातावरण सुखमय बित्नेछ।  स्वास्थ्य अनुकुल रहने छ।  नोकरी व्यवसायको कार्यमा अधिक लाभ मिल्ने देखिन्छ।  शत्रु परास्त भएर जानेछन।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo ) 

दैनिक कामकाजमा बाधा अड्चन देखिनेछ।  कमि कमजोरीलाई सुधार्दै लैजाने मौका रहेको छ।  साहित्य लेखनको कार्यमा रुचि बढ्नेछ।  प्रियजनसंगको भेटघाटले मन प्रफुल्लित हुनेछ।  सन्तान सुख मिल्नेछ।  पढाई लेखाईमा प्रगति हुनेछ।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

गरिएका कामको राम्रै मुल्यांकन हुनेछ।  आय आर्जनका नयाँ स्रोतहरु प्रसस्त खुलेर जानेछन।  व्यापार व्यवसायबाट सोचे अनुरुपको लाभ उठाउन सकिनेछ।  स्वास्थ्य सामान्य रहेको छ। धर्मकर्ममा मन जानेछ।  समग्रमा तपाईका लागि भोलिको दिन मिश्र फलदायी रहेको छ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

कामको उचित मुल्यांकन नहुदा व्यर्थमा मेहनत खेर जानेछ। भाइ बन्धुबिच आपसी सहकार्य बढ्नेछ।  शुभ समाचार सुन्न पाइने छ।  धार्मिक यात्राको सम्भावना रहेको छ।  स्वास्थ्य अनुकुल रहेको छ।  नयाँ कामको शुभारम्भ गर्ने शुभ समय रहेको छ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

अफ्ठ्यारा परिस्थितिमा पनि हिम्मतका साथमा अगाडी बढ्नाले बिशेष लाभ हुने देखिन्छ।  अनावश्यक खर्च हुनबाट बच्नु पर्नेछ।  अनावश्यक झैँ झमेलामा नाफस्दा नै राम्रो हुनेछ।  प्रयत्न गर्दा आश मारेका कामहरु पनि सजिलै सम्पादन भएर जानेछन।  पढाई लेखाईमा सफलता पाउनका लागि ठुलै मेहनत गर्नुपर्ने देखिन्छ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

विभिन्न सहयोग र उपहार पाइने छ।  आय आर्जनमा वृद्धि भएर जानेछ।  धार्मिक यात्राको अवसर जुट्नेछ।  दाम्पत्यजीवन सुखद रहेको छ।  सुख दुखमा साथ दिनेहरु प्रसस्तै भेटिने छन।  सामाजिक क्षेत्रमा यश किर्तीमा वृद्धि भएर जानेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

आफ्नो क्षेत्रमा राम्रै प्रभुत्व जमाउन सकिनेछ।  नाम दाम र प्रतिष्ठा कमाउने समय रहेको छ।  सामाजिक तथा परोपकारी कार्यमा व्यस्तता बढ्नेछ।  अधिक परिश्रमक बाबजुत कार्यमा सामान्य सफलता पाइने छ।  मानसिक ब्यकुलताको अनुभव हुनेछ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

कामको चाप र थकाई बाट केहि हदसम्म बिश्राम पाइनेछ।  परिवारजनको साथ र सहयोगले नया आशा पलाउने छन।  नोकरी व्यवसायबाट राम्रै लाभ उठाउन सकिनेछ।  सन्तान सुखको अनुभूति हुनेछ।  रमणीय यात्राको सम्भावना रहेको छ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces)

नसोचेको कामबाट सफलता मिल्नेछ।  जिम्मेवारी बढ्नेछ।  कार्यक्षेत्रमा सहकर्मीको साथ सहयोग प्राप्त हुनेछ। व्यापार विस्तार भएर जानेछ।  आर्थिक लाभको सम्भावना रहेको छ।  सरकारी क्षेत्रबाट लाभ हुने देखिन्छ।  मान सम्मानमा वृद्धि भएर जानेछ।

प्रकाशित : शुक्रबार, भदौ २०, २०७६१९:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि माघ १६ गते शुक्रबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस भोलिको राशिफल !