भोलि भदौको पहिलो शनिवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

भोलि मिति बिक्रम संवत २०७६ साल भदौ महिनाको ७ गते शनिवार शुक्रवार इश्वी संवत २०१९ अगस्ट २४ तारिख, तपाईका लागि कस्तो रहला ? आउनुहोस हेर्नुहोस भोलिको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

दिर्घकालिन योजना बनाउने समय रहेको छ।  बाणी तथा व्यवहारमा संयम रहनु पर्नेछ। अनावश्यक वादविवादमा फस्ने सम्भावना रहेको छ।  समयअनुसार भोजन नमिल्नाले स्वास्थ्यमा समस्या देखिनेछ। अनावश्यक खर्च हुनबाट बच्नु पर्नेछ। समग्रमा तपाईका लागि भोलिको दिन मध्यम फलदायी रहनेछ।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

आर्थिक योजनाका कार्यहरु सरलतापूर्वक सम्पादन भएर जानेछन। मानसिक उत्साहका बढेर जानेछ। मनोरन्जनात्मक कार्यको पछाडी समय व्यतित हुनेछ।  पारिवारिक वातावरण सुखमय बित्नेछ। रमणीय यात्राको अवसर मिल्नेछ। नयाँ बश्त्रभुषण खरिद गर्ने समय रहेको छ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

मनमा नकारात्मक भाव पैदा हुनेछ। स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ।  आँखासम्बन्धी समस्याको शिकार भइने छ।  पारिवारिक असमझदारी बढ्ने छ। आम्दानीको तुलनामा खर्चको मात्रा बढेर जानेछ। आध्यात्म तथा इश्वर आराधनामा लिप्त हुनाले बिशेष लाभ हुने देखिन्छ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer )

अचानकको मित्रभेटले मन प्रफुल्लित बनाउने छ।  आकस्मिक धनलाभ हुने सम्भावना रहेको छ।  नोकरी  व्यवसायमा लाभ हुने देखिन्छ।  आय आर्जनका नया स्रोतहरु खुलेर जानेछन।  रमणीय यात्राको अवसर जुट्नेछ। आध्यात्मिक सिद्धि प्राप्त भएर जानेछ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

कार्य क्षेत्रमा अधिकार जमाउन सकिनेछ।  दृढ मनोबल र आत्मविश्वासका साथमा कार्य सम्पन्न हुनेछ। माता पिताको प्रसस्त साथ् अनि सपोर्ट मिल्नेछ। नोकरीमा पदोन्नती हुने योग रहेको छ।  व्यापार व्यवसायमा अधिक लाभ प्राप्त हुनेछ।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

शारीरिक स्फुर्तिको अभाव रहने छ।  जोस जाँगर हराएर जाला।  कामको सन्दर्भमा ठुला व्यक्तिहरुसंग घनिष्ठता बढ्ने छ।  सन्तान सुख मिल्ने छैन। प्रतिष्पर्धात्मक कार्यमा सहभागी नहुदा नै राम्रो हुनेछ। दाम्पत्यजीवनमा खटपट देखा पर्ने छ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

अनावश्यक वादविवादमा परिने छ।  बोल्दा विचार पुर्याउनु पर्नेछ। शत्रुहरुले नकारात्मक समयको फाइदा उठाउलान सजक रहनु पर्नेछ।  आकस्मिक धनलाभ हुने सम्भावना रहेको छ।  स्वास्थ्यमा सामान्य समस्या देखिनेछ।  आध्यात्मिक चिन्तनले मन आनन्दित तुल्याउने छ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

मनोरन्जनात्मक कार्यमा समय व्यतित हुनेछ। साथीभाइ एवम परिवारका साथमा पार्टी या पिकनिकमा सहभागी भइने छ।  मान प्रतिष्ठामा वृद्धि हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।  स्वास्थ्य अनुकुल रहने छ।  कार्यमा सफलता पाइने छ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

घरायसी वातावारण सुखमय बित्नेछ।  सोचेका काम बन्नाले मासिक उत्साह बढेर जानेछ।  नोकरी व्यवसायका लागि समय अनुकुल रहेको छ।  शुभ समाचार सुन्ने मौका मिल्नेछ।  प्रतिष्पर्धामा बिजयी भइने छ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

शारीरिक आलस्यता र थकानका कारण अस्वस्थताको अनुभूति हुनेछ। मानसिक द्विविधाका कारण महत्वपुर्ण निर्णय लिन नसकिएला।  व्यापार व्यवसायमा खासै सफलता मिल्ने छैन।  सन्तान सुख मिल्ने छैन। इश्वर आराधनामा लिप्त हुनाले बिशेष लाभ हुने देखिन्छ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

मानसिक अस्वस्थताको शिकार भइने छ।  बाणी तथा व्यवहारमा संयमितता अपनाउनु पर्नेछ।  सामाजिक रुपमा मान प्रतिष्ठा भंग हुन सक्ला विचार पुर्याउनु पर्नेछ।  घरायसी सानातिना काममा अल्झिने समय रहेको छ।  माताको तर्फबाट लाभ मिल्ने छ।  आर्थिक योजनाका कार्यहरु सरलतापूर्वक सम्पादन भएर जानेछन।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces)

महत्वपुर्ण योजनालाई गोप्य राखेर अगाडी बढ्दा बिशेष लाभ हुने देखिन्छ। सिर्जनात्मक कार्यमा मन जानेछ।  साथीभाईका साथमा रमणीय यात्रा हुनेछ।  भातृत्व सुख प्राप्त हुनेछ।  मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।  समग्रमा तपाईका लागि भोलीको दिन फलदायी रहने छ।

प्रकाशित : शुक्रबार, भदौ ०६, २०७६१८:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि भदौ ११ गते बुधवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !