भोलि भदौ ५ गते बिहिवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

भोलि मिति बिक्रम संवत २०७६ साल भदौ महिनाको ५ गते बिहिवार इश्वी संवत २०१९ अगस्ट २२ तारिख, तपाईको दिन कस्तो रहला ?आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

रमणीय यात्राको अवसर जुट्नेछ। व्यापार व्यवसायका लागि समय लाभदायी रहेको छ। भविष्यका लागि फाइदा हुने दिर्घकालिन योजना बनाउन सकिने छ। पारिवारिक वातावरण सुखमय रहने छ।   धर्मकर्ममा मन जानेछ।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

पढाई लेखाईमा खासै सफलता मिल्ने छैन। परिश्रम गरे अनुरुपको सफलता नमिल्ने मानसिक हतासा पैदा भएर जानेछ।  लेनदेनको विवादले हानी पुर्याउने छ।  पहिलेका समस्या दोहोरिने छ।  स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ।  अनावश्यक कार्यमा अधिक खर्च हुने सम्भावना रहेको छ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )  

नसोचेको कार्यबाट सफलता मिल्ने छ।  सन्तान सुखको समाचार सुन्न पाइने छ।  आय आर्जनमा वृद्धि भएर जानेछ।  रमणीय यात्राको समय रहेको छ। दाम्पत्यजीवनमा सुखानुभूति पाइने छ।  स्वास्थ्य अनुकुल रहेको छ।  मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।सामाजिक कार्यमा मन जानेछ।

कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )

सानातिना घरायसी काममा अल्झिने समय रहेको छ।  आर्थिक मन्दीले सताउने छ।  नोकरीमा पदोन्नतीको सम्भावना रहेको छ।  स्वास्थ्य अनुकुल रहेको छ।  पारिवारिक वातावरण सुखमय बित्नेछ।  माताको तर्फबाट अधिक लाभ पाइने छ। मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

प्रयत्न गर्दा अफ्ठ्यारा काम पनि सजिलै सम्पादन भएर जानेछ।  मेहनतले प्रतिष्पर्धामा बिजयी भइने छ।  भौतिक साधन जोड्ने समय रहेको छ।  धार्मिक एवम मांगलिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ।  पेट दुखाईको समस्याले सताउने छ।  शुभ समाचार सुन्न पाइने छ।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

अपेक्षा गरिए अनुरुप सजिलै कार्य सम्पादन भएर जानेछ।  प्रियपात्रसंगको भेटघाटले मन प्रफुल्लित बनाउने छ।  स्वास्थ्यमा समस्या निम्तन सक्ने भएकाले खानपानमा बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।  परिवारका सदस्यका बिचमा अनावश्यक खटपटको स्थिति सिर्जना हुनेछ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

धार्मिक कार्यमा मन जानेछ।  सामाजिक क्षेत्रमा मान सम्मान पाइने छ।  कार्य सफलताको योग रहेको छ। मनोरन्जनात्मक कार्यको पछाडी धन खर्च भएर जानेछ।  स्वास्थ्य अनुकुल रहेको छ।  स्वादिष्ट भोजनको अवसर मिल्नेछ। कार्य सफलताले गर्दा मन उत्साहित हुनेछ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

अफ्ठ्यारा परिस्थितिसंग सम्झौता गर्नु परेपनि सोच विचार गरि अगाडी बढ्नाले बिशेष फाइदा हुने देखिन्छ।  अप्रिय समाचारले मन खिन्न बनाउने छ। नोकरी व्यवसायबाट अपेक्षित लाभ पाइने छैन।   आर्थिक लाभ भएर जानेछ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

ढिलासुस्तीले काम बिग्रनका साथै हातमा आएको महत्वपुर्ण कार्य समेत गुम्ने छ। पेटसम्बन्धी समस्याको शिकार भइने छ। सन्तान सुख मिल्ने छैन।  रिसलाई काबुमा राखेर अगाडी बढ्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।  साहित्य लेखनको कार्यमा रुचि बढ्ने छ। इश्वर भक्तिमा मन लगाउनाले बिशेष लाभ मिल्ने देखिन्छ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुनाले मन खिन्न हुनेछ। अनावश्यक थकान र आलस्यता जाग्ने छ। सार्वजनिक रुपमा मानहानी हुने सम्भावना रहेकाले अलि सजक रहनु पर्नेछ। छातीको दुखाई बढ्ने छ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

स्वास्थ्यमा समस्या देखिने छ।  साथीभाइका बिचमा आपसी साझेदारी बढ्ने छ। नयाँ कार्य हात लागि भएर जानेछ। छोटो तर रमणीय यात्राको अवसर मिल्नेछ। उच्च अधिकारीको साथ र सहयोग प्राप्त हुनेछ।  उत्साह बढेर जानेछ।  धार्मिक यात्राको सम्भावना रहेको छ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces)

बाध्यताले अनावश्यक अलमल बढाउने छ।  सहयोगको आशा देखाउनेहरुबाट धोका पाइने छ। खानपानमा बिशेष ध्यान पुर्याउने पर्ने छ।  स्वास्थ्यमा अनेक समस्या देखा पर्ने देखिन्छ। आँखासम्बन्धी समस्याले सताउने छ।  पारिवारिक वातावरण सुखमय बित्नेछ।  समग्रमा तपाईका लागि भोलिको दिन मध्यम फलदायी रहेको छ।

प्रकाशित : बुधबार, भदौ ०४, २०७६२०:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि भदौको पहिलो शनिवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !