भोलि मिति बिक्रम संवत २०७६ साल भदौ महिनाको ३ गते मंगलवार इश्वी संवत २०१९ अगस्ट २० तारिख, भोलि काठमाडौंमा सूर्योदय बिहान – ५: ३५ बजे, सूर्यास्त साँझ – १८:३७ बजे हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !
मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
व्यापार व्यवसायमा आर्थिक लाभ भएर जानेछ। प्रतिष्पर्धाका बिचमा पनि सफलता हात लागि हुने समय रहेको छ। स्वास्थ्य सम्बन्धी समस्याले सताउने छ। आध्यात्मिक सिद्धि प्राप्त हुने समय रहेको छ। कार्यमा सफलता मिल्नेछ। सहयोगीहरुले अफ्ठ्यारोमा साथ छोड्नेछन।
वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )
रोकिएका कामहरु बन्नाले मनमा उत्साह बढ्नेछ। दिगो फाइदा हुने काममा लगानी बढ्ने छ। कडा मेहनत गर्दा राम्रै फाइदा देखिने छ। शत्रु परास्त भएर जानेछन। परिवारमा सुख समृद्धि छाउने छ। सन्तान सुख मिल्नेछ। दाम्पत्य सुखानुभूति हुनेछ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरु संग भेट हुनेछ। प्रयत्न गर्दा अफ्ठ्यारा कामहरु पनि सजिलै सम्पादन भएर जानेछ। कला साहित्य र मनोरंजनको क्षेत्रमा झुकाव बढ्ने छ। स्वास्थ्य अनुकुल रहनेछ। मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।
कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )
आफ्नै कमि कमजोरीले गर्दा विवादमा परिने छ। बोलीको प्रभावले गर्दा हरेकको मन जित्न सकिने छ। कामको चापबाट फुर्सद पाइने छ। धार्मिक कार्यमा मन जानेछ। अपेक्षा अनुरुप कार्यमा सफलता मिल्नाले मन प्रफुल्लित रहनेछ। भाग्योदय हुनेछ। बैदेशिक यात्रा सुखद रहनेछ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
नयाँ कार्यको शुभारम्भ गर्ने शुभ समय रहेको छ। परिवारजनको साथ र सहयोगले गर्दा नयाँ आशा पलाउने छ। कामको सहि मुल्यांकन हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय रहेको छ। पारिवारिक वातावरण सुखमय बित्ने छ।
कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
साझेदारीमा फाइदा उठाउन सकिने छ। आयआर्जनमा नयाँ स्रोतहरु खुलेर जानेछन। व्यापार व्यवसायबाट राम्रै फाइदा उठाउन सकिने छ। दाम्पत्य जीवन सुखमय रहने छ। सामाजिक तथा सार्वजनिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
स्वास्थ्यमा सुधार भएर जानेछ। सानातिना काममा महत्वपुर्ण समय व्यतित भएर जानेछ। सामाजिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। नोकरी व्यवसायमा लाभ भएर जानेछ। शत्रु परास्त भएर जानेछ। धार्मिक कार्यमा मन जानेछ।
वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु (Scorpio)
व्यापार व्यवसायबाट राम्रै सफलता मिल्ने छ। आशा देखाउनेहरुले धोका दिनेछन। सन्तान सुख मिल्नेछैन। स्वास्थ्यमा समस्या देखिने छ। पढाई लेखाईमा सफलता मिल्ने छ। आर्थिक आयोजनाका कार्यहरु सफलतापुर्वक सम्पादन भएर जानेछ।शेयर सट्टाको कारोवार गर्दा बिशेष ध्यान पुर्याउनु पर्नेछ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
सानातिना घरायसी काममा अल्झिने समय रहेको छ। रुचिका बिषयमा लगानी उठाउने समय रहेको छ। आतिथ्य सम्मान पाइने छ। मानसिक तनाव र शारीरिक आलस्यताले सताउने छ। पारिवारिक वातावरण क्लेश्मय रहने छ। अनिन्द्राले सताउने छ। महत्वपुर्ण योजना गोप्य राखेर अगाडी बढ्दा नै राम्रो हुनेछ।
मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी (Capricorn )
भविष्यका लागि महत्वपुर्ण आर्थिक योजना बनाउने समय रहेको छ। व्यापार व्यवसायबाट प्रसस्त लाभ उठाउने समय रहेको छ। स्वास्थ्य अनुकुल रहने छ। भातृत्व सुख मिल्नेछ। पढाई लेखाईमा राम्रै लाभ हुने देखिन्छ। धार्मिक कार्यमा मन जानेछ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द ( Aquarius)
अपेक्षा गरे अनुरुप कार्यमा सफलता मिल्ने छैन। ठोस निर्णय लिन नसक्दा महत्वपुर्ण काम हातबाट फुस्किने समय रहेको छ। पारिवारिक सदस्यका बिचमा झैँ झमेलाको अवस्था सिर्जना हुनेछ। स्वास्थ्य सामान्य रहने छ। बिद्यार्थी वर्गका लागि समय मध्यम रहेको छ। मनबाट नकारात्मक विचार हटाउनाले बिशेष लाभ हुने देखिनेछ।
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces)
नया कार्य हात लागि भएर जानेछ। सोचेका काम बन्नाले मानसिक उत्साह बढेर जानेछ। धार्मिक एवम मांगलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। मानसिक द्विविधाले सताउने छ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। रमणीय यात्राको अवसर जुट्नेछ। दाम्पत्यजीवन सुखमय बित्ने छ।