आज पौष शुक्ल पूर्णिमा, महास्नानमा बन्दै छ यी ग्रहहरुका अद्भुत संयोग

यो महिनालाई सूर्य देवको महिना मानिन्छ। पूर्णिमाको तिथि चन्द्रमाको तिथि हुन्छ। सूर्य र चन्द्रको यो अद्भुत संयोग केवल पौष पूर्णिमामा मात्र हुन्छ। यसकारण यस दिन उपासना गर्दा तमाम मनोकामना पूरा हुन्छ। एक तर्फ जहाँ ग्रहका बाधा शान्त हुन् सक्छ। त्यस्तै, अर्को तर्फ मुक्ति र मोक्षको वरदान पनि प्राप्त हुन् सक्छ। यो पटक पौष शुक्ल पूर्णिमा भोलि माघ १५ गते परेको छ। र भोलि कै दिनबाट माघमहात्मे अन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ हुँदै छ।

यस पटक पौष शुक्ल पूर्णिमामा ग्रहको कस्तो संयोग हुनेछ ? 
सूर्य, शनि, बृहस्पति र शुक्रको संयोग हुनेछ। गुरु, मङ्गल र चन्द्रमाको केन्द्रिय सम्बन्ध बनिरहनेछ। यसको कारण अमृत वर्षा हुनेछ र पवित्रता बनिरहनेछ। भोलि दुर्लभ गुरु पुष्य नक्षत्र पनि रहनेछ। यस पटकको  स्नानबाट मुक्ति र मोक्षको सम्भावना निकै बढी छ।

कसरी गर्ने यस दिन उपासना र स्नान ? 
प्रातः काल स्नान पूर्व संकल्प लिनुहोला। पहिले जललाई शीरमा लगाएर प्रणाम गर्नुहोला। त्यसपछि स्नान गर्न आरम्भ गर्नुहोला। स्नान गरेपछि सूर्यलाई अर्घ्य दिनुहोला। सफा र चोखो वस्त्र धारण गर्नुहोला र मन्त्र जप गर्नुहोला। मन्त्र जप पश्चात वस्तुलाई दान गर्नुहोला। तपाई चाहनुहुन्छ भने यस दिन जल र फल सेवन गरी  उपवास राख्न सक्नुहुन्छ।

शुभ मुहूर्त
यस दिन कुनै गरीब व्यक्ति या ब्राह्मणलाई भोजन गराई दान-दक्षिणा दिनुहोला। दानमा तिल, गुड, कम्बल र ऊनी वस्त्र विशेष रुपमा दिनुहोला। यस पटक पूर्णिमा तिथि बिहिबार १५ माघ १:३० देखि आरम्भ भई शुक्रबार १६ माघ १:०० बजे सम्म रहनेछ।

प्रकाशित : बुधबार, माघ १४, २०७७११:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु, यस्तो छ स्वस्थानीको अपरम्पार महिमा