पूर्व युवराज पारसद्वारा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार

काठमाडौं : पूर्व युवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेका छन्। आमा र छोराछोरी थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक (सई) लाई दुर्व्यवहार गरेका हुन्।

ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरिएको भने पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले समेत जानकारी राखेको छ। यो समाचार नागरिक राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

थाइल्याण्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न थान लागेकी कोमल शाहलाई बिदा गर्न पारस विमानस्थल पुगेका थिए। आफ्ना छोरा र भान्जालाई दुर्व्यवहार गरेको भन्दै उनले प्रहरीलाई दुर्व्यवहार गरेका थिए। ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गर्दा सार्वजनिक अपराधको मुद्दा लाग्छ।

प्रकाशित : सोमबार, भदौ ०२, २०७६०६:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘चिहानको हड्डी फुकेर कुनै संस्था फर्किन्न। बेमौसमको यो बाजा नबजाए हुन्थ्यो ।’ : प्रम ओली