‘चिहानको हड्डी फुकेर कुनै संस्था फर्किन्न। बेमौसमको यो बाजा नबजाए हुन्थ्यो ।’ : प्रम ओली

काठमाडौँ, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ अभ्यास पूर्ण र परिपक्व रूपमा कार्यान्वयनमा नआउँदै कतिपय अवाञ्छित तŒवहरू कमजोर बनाउन सक्रिय रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा विशेष समय लिएर सम्बोधन गर्दै उहाँले संविधानसम्मत र संवैधानिक दायराका विषयलाई सरकारले सम्मान गरे पनि प्रणाली उल्ट्याउँछु भन्ने विषय सरकारलाई मान्य नहुने बताउनुभएको हो ।

प्रणाली उल्ट्याउने सपना देख्ने तŒव सफल नहुने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । केही प्रतिगामी तŒव सडकमा आउँदैमा सरकार जिम्मेवारीबाट नभाग्ने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जुन संस्था र शक्तिहरूको कुरा गर्छन् मानिसहरू, ती शक्तिहरू ज्यूँदै हुँदा हामीले ठेगान लगाएका हौँ । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भनेर परिकल्पना गरेर उफ्रिएको देखिन्छ । बेमौसमको यो बाजा नबजाए हुन्थ्यो । सरकारले यो उदारता देखाएको नपत्याएर हो । पत्याएका दिन संविधानको, प्रणालीको, व्यवस्थाको, लोकतन्त्रको र गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ । त्यसको रक्षा र कार्यान्वयन गर्छ । जनताले दिएको म्यान्डेट यही हो ।”

सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारको उदारता र संयमतालाई हेरेर केही तŒव बढ्तै हौसिएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता जनताको शासनविरोधी क्रियाकलाप सरकारको उदारता र सहिष्णुताबाट मात्र प्राप्त भइरहेको भन्दै त्यस्ता क्रियाकलाप सञ्चालन गर्ने तŒवलाई नहौसिन चेतावनी पनि दिनुभयो । यो समाचार गोरखापत्र राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार नारायण काफ्लेले लेखेका हुन्।

प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो, “अहिलेको सरकारको उदारता र संयमतालाई हेरेर केही तŒव बढ्तै हौसिएको देखिन्छ । संविधानसम्मत ढङ्गले चल्ने कुरामा संवैधानिक दायरामा चल्ने कुरामा यो सरकार प्रसन्नतापूर्वक विरोध र आलोचनाको स्वागत गर्छ । तर, सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउँछु भन्ने, प्रतिगमन गर्छु भन्ने, संविधान अस्वीकार गर्छु भन्ने कुरा सरकारलाई मान्य हुन सक्दैन । त्यस्ता क्रियाकलाप सञ्चालन गर्ने तŒव नहौसिए हुने हो ।”

प्रधानमन्त्री ओलीले जनअभिमत लत्याएर वर्तमान सरकार कुनै पनि बाटोमा नजाने बताउनुभयो । लोकतान्त्रिक अभ्यास र जनमतबाट निर्मित सरकार अधिनायकवादतर्फ जान्छ भन्ने विषय जनताले नै नपत्याउने उहाँको भनाइ छ । वर्तमान सरकार जनताको ‘फ्रस्टेसन’ र तात्कालिक सेन्टिमेन्टका आधारमा नभई लोकतान्त्रिक पद्धतिबाट चुनिएको बताउँदै सरकारको निष्ठामा अनावश्यक भ्रम नछर्न पनि उहाँले चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो सरकार अचानक ह्विममा जनताको ‘फ्रस्टेसन’माथि टेकेर बनेको हैन । तात्कालिक सेन्टिमेन्टको भल छोपेर बनेको पनि हैन । सङ्घर्ष र बलिदानको इतिहास छ । विगतमा खेलेको भूमिकाबाट जनताले विश्वास गरेर, अभिमत दिएर लोकतान्त्रिक विधिको माध्यबाट बनेको हो । सरकारको लोकतन्त्रप्रतिको निष्ठाका सम्बन्धमा अनावश्यक भ्रम र हल्ला चलाइएका छन् । अधिनायकवादतर्फ गयो भन्ने कुरा नगरे हुन्छ । जनताले यस्ता कुरा पत्याउँदैनन् ।”

प्रकाशित : सोमबार, भदौ ०२, २०७६०६:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाल-भारत संयुक्त बैठक बुधबारबाट, भारतीय विदेशमन्त्री बुधबार नै नेपाल आउँदै