‘मर्दा र पर्दा’ मा काम लाग्ने छिमेकीले नै ठगेपछि….

काठमाडौं – सतेन्द्रकुमार यादव र सुरेश महतो छिमेकीमात्र नभई बाल्यकालदेखि सँगै हुर्केबढेका साथी हुन्। सर्लाही, कविलास–८ घर भएका यादव र महतोको सम्बन्ध सामान्य साथी र छिमेकीभन्दा ‘मर्दा र पर्दा’ मा काम लाग्ने भइसकेकाले माझिनुपर्ने विषय सायदै बाँकी थिए। अनेक दुःखसुख उनीहरू र आफन्तले सल्टाएका कैयौं उदाहरण छन्। तर अहिले त्यस्तो सम्बन्धमा दरार आएको छ। एकले अर्कोलाई बदनामीको दाग लगाउँदै अड्डाअदालत चहार्दै हिँडिरहेका छन्। उनीहरु एकले अर्कोलाई गलत साबित गर्ने प्रयासमा छन्। यसको कारण हो– वैदेशिक रोजगारी।

घटना साढे चार महिनाअघिको हो। गाउँमा जति मेहनत गर्दा पनि कमाएको रकमले गुजारा गर्न नसकेपछि सतेन्द्रले सहपाठी सुरेशलाई वैदेशिक रोजगारीमा जाने योजना सुनाए। अनि सुरेशले काठमाडौंमा आफ्ना भिनाजुले म्यानपावर कम्पनी चलाइरहेको उल्लेख गर्दै तुरुन्तै वैदेशिक रोजगारीमा पठाइदिने प्रतिबद्धता जनाए। यो खबर नागरिक राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। खबर रुद्र खड्काले लेखेका हुन्।

आफ्नै साथीले राम्रो काम खोजेर विदेश पठाइदिने बताएपछि सतेन्द्र ढुक्क भए। यस्तो कुरा भएको एक सातापछि सुरेशले कतारबाट राम्रो पारिश्रमिक पाइने कामको माग आएको बताउँदै पाँच दिनमा एक लाख ५० हजार रुपैयाँ तयार गर्न भने। १० हजार रुपैयाँ खर्च गरेर वैदेशिक रोजगारीमा जान पाइन्छ भन्ने चर्चा सुनेका सतेन्द्रले त्यो रकम धेरै भएको बताए।

प्रकाशित : शनिबार, साउन ३२, २०७६०८:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिंगापुरबाट फर्केलगत्तै ओलीले एकाएक मिलाए दलको विवाद