सिंगापुरबाट फर्केलगत्तै ओलीले एकाएक मिलाए दलको विवाद

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिंगापुर यात्राबाट फर्केलगत्तै एकाएक पार्टी केन्द्रीय विभागहरूको जिम्मेवारी बाँडफाँट टुंग्याएका छन्। यससँगै दलभित्र आफूविरुद्ध देखिएको वातावरण साम्य पार्न उनी सफल भएका छन्। जिम्मेवारी बाँडफाँटबाट सबैभन्दा बढ्ता लाभ भने नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई भएको छ। उनले पार्टी संगठन विभाग, किसान महासंघमात्र होइन, विधानमै नभएको उपाध्यक्ष पदसमेत पाउने भएका छन्। यो खबर नागरिक राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। खबर टपेन्द्र कार्कीले लेखेका हुन्।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव गरेका छन्। सचिवालय बैठकले शुक्रबार स्थायी कमिटीमा लैजानेगरी उपाध्यक्ष बनाउने प्रस्ताव पास गरेको हो। गौतमलाई उपाध्यक्ष बनाउने निर्णय नेकपा स्थायी समितिले पारित गर्नुपर्छ। नेकपामा ओली र दाहाल अध्यक्ष तथा विष्णु पौडेल महासचिव छन् भने उपाध्यक्षमा गौतमलाई लैजान लागिएको हो। तत्कालीन नेकपा एमाले कालमा पार्टी महासचिव माधवकुमार नेपाल सरकारमा गएका बेला गौतमलाई विधानमै नभएको उपमहासचिव पदमा पु¥याइएको थियो। सरकारबाट फर्केपछि उनलाई उक्त पदबाट हटाइँदा पार्टीभित्र विवाद चुलिएको थियो।

शुक्रबार बसेको सचिवालय बैठकले नेकपाका ३३ विभागको नेतृत्व टुंगो लगाएको छ। ३३ मध्ये १९ विभागमा पूर्वएमाले नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन्। लामो रस्साकस्सीपछि स्कुल विभागको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाएका छन।

प्रकाशित : शनिबार, साउन ३२, २०७६०८:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता छन् प्रधानमन्त्री र मन्त्री बीचका कार्यसम्पादन सम्झौता, कुन मन्त्रीसँग के सम्झौता ?