फिल्म शूटिंग सकिए लगतै यी अभिनेताले ४०० क्रू मेम्बरलाई सुनको औँठी दिएपछि…

तमिल अभिनेता  विजयले आफ्नो अपकमिंग फिल्म बिगिलको  शूटिंग सकिएको  खुशीमा  क्रू मेम्बर्सलाई सुनको औँठी उपहार स्वरूप दिएका छन्।  मंगलबार दिउँसो फिल्मको शुटिंग सकिएपछि  विजयले यस  फिल्ममा भएका ४०० मान्छेलाई औँठी गिफ्ट दिएका हुन् ।

यसमा  फिल्मको नाम अंग्रेजीमा ‘Bigil’ लेखिएको छ। एजीएस सिनेमाको   सीईओ र बिगिलको  निर्माता अर्चना कुलपतिले  ट्विटरमा जानकारी दिईन्।  उनले लेखिन् , ‘ यो मायाले दिएको उपहारले विजयले सबैको मन जित्न सफल भए। ‘

फिल्मसँग जोडिएका  एक एक्टर आथमाले  ट्विटरमा एक भिडियो शेयर गर्दै उपहारमा मिलेको औँठी देखाउदै विजयलाई  धन्यवाद भने ।  उनले भने ,”भगवानले  तपाई र तपाईको परिवारलाई खुशी राखोस्।”

यो  फिल्म  यही वर्ष तिहारमा रिलीज हुनेछ।  विजयको साथ यसमा अभिनेत्री  नयनतारा र शाहरुखले पनि अभिनय गर्नेछन्। यसको पहिलो पोस्टर २१ जुन विजयको जन्मदिनमा रिलीज भएको थियो। यसमा  विजय बाबु र छोरा दुवैको रोलमा देखिनेछन्। शाहरुख खान भिलेनको रोलमा देखिदै छन्। यधपी उनको रोल  सानो रहेको छ।  एक अंग्रेजी वेबसाइट अनुसार उनि क्लाइमेक्समा देखिनेछन्।  उनको र विजयको  एक फाइटिंग हुनेछ ।

प्रकाशित : शुक्रबार, साउन ३१, २०७६१४:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुखाईबाट ध्यान हटाउन गर्भवती महिलालाई यस्तो हेडसेटको सुविधा