रातमा गरिने यस्ता गल्तीहरुले शरीरको तौल घट्ने हैन बढ्ने गर्छ !

शरीरको तौल धेरै बढ्नु सबै मानिसका लागी एउटा चिन्ताको बिषय हो । मानिसहरु आफ्नो शरीरको तौल नियन्त्रित रुपमा राख्नको लागी विभिन्न खालका उपायहरु अपनाउने गर्छन् । तर पनि उनीहरुको तौल घटेको पाइदैन । तौल नघट्नुको काराण मानिसहरुले गर्ने सानोसानो गल्ति हुने गर्छ । रातको समयमा हामीले गर्ने विभिन्न खालका गल्तीको कारण हाम्रो शरीरको तौल झन् बढ्ने गर्छ । त्यसैले हामीले राती गर्ने कार्यमा निकै ध्यान पुर्याउनु पर्छ जसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर नपुगोस ।

रातको समय निम्न कार्यहरु गर्नाले शरीरको तौल बढ्ने गर्छ :

१. धेरै खानु : सुत्नअघि धेरै खाना खाएमा पाचन प्रक्रिया ढिलो हुनजान्छ । यस्तो अवस्थामा क्यालोरी शरीरभित्रै जम्मा हुन थाल्छ र मोटोपन बढ्दै जान्छ । टिभि हेर्दै खाना नखानुहोस् । प्रोटीन र साग–सब्जी बढी खानुहोस् ।

२. खाना नखाने : बेलु्का खाना नखाएमा शरीरमा मेटाबोलिज्म ढिलो हुन जान्छ । बिहान चाँडै भोक लाग्छ र धेरै खानुहुन्छ । यदि बेलुका कम भोग लागेको छ भने सलाद, फलफूल वा दही मात्रै खाएर सुत्नुहोस् ।

३. तारेको खाना खानु : तेलमा तारेको खानाले शरीरमा क्यालोरीको मात्रा बढाउँछ । रातमा शरीरले क्यालोरी पचाउँन सक्दैन, जसले मोटोपन बढाउँछ । उसिनेको वा कम तेल भएको खाना खाने ।

४. कार्बोहाइड्रेड खाना खानु : पिज्जा, पास्ता जस्ता कार्बोहाइड्रेट भएको खानामा क्यालोरी बढी हुन्छ । यस्ता खाना राति खाएर सुतेमा तौल बढ्छ । त्यसैले, रातीको खानामा प्रोटीन, सागसब्जी तथा फलफूल खानुहोस् ।

५. स्न्याक्स फूड खानु : खाना खाएपछि स्न्याक्स फूड जस्तै, विस्कूट, चकलेट खाएमा ‘ओभरइटिङ’ हुन्छ । स्न्याक्समा पाइने एम्प्टी क्यालोरिजले तौल बढाउन थाल्छ । खानापछि पनि केही खाने बानी छ भने सौफ वा ल्वाङ तथा अलैँची चपाउनुहोस् ।

६. आइसक्रिम तथा मिठाई खानु : मिठाइमा बढी क्यालोरी हुन्छ । यसले शरीरमा ‘फैट डिपोजित’ बढाउँछ । त्यसैले सुत्नअघि मिठाई भरसक नखाने वा कम खाने ।

७. खाने बित्तिकै सुत्नु : खाने बित्तिकै सुत्नु बानीले शरीरले क्यालोरीलाई पचाउने वा पाचन क्रियाका लागि समय हुँदैन । सुत्न ३ – ४ घण्टा अगाडि खाना खानुहोस् । खाना खाएपछि थोरै हिड्नुहोस् ।

८. राति अबेरसम्म नसुत्नु : निन्द्रा पुरा नहुँदा मेटाबोलिज्म ढिलो हुन्छ, जसले फैट बर्न हुँदैन र भोग बढी लाग्छ । दैनिक ६ – ८ घण्टा निँन्द्रा अवस्य लिनुहोस् । सुत्ने समय निश्चित गर्नुहोस् ।

९. कफि वा मदिरा पिउनु : सुत्नुअघि कफि वा मदिरा पिउनाले निन्द्राको समस्या हुनसक्छ । एम्प्टी क्यालोरीका कारण तौल बढ्न सक्छ । एक कप ग्रिन टी पिउनुहोस् । चिनी नलिनुहोस् वा कम लिनुहोस् ।

प्रकाशित : शुक्रबार, साउन ३१, २०७६१४:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कतै तपाईले नक्कली अण्डा त किन्नु भएन ? अण्डा असली वा नक्कली छुट्याउने ५ तरीका(जान्नैपर्ने)