एजेन्सी, संसारमा अचम्म लाग्ने घटनाहरु घट्ने गरेका छन्। जुन सुन्दा पनि अचम्म लाग्ने गर्छ। यस्तै एक अचम्म लाग्ने घटना गतेको छ,जुन सुनेर जो-कोहि पनि चकित हुन सक्छ। आफ्नै पतिको समत हत्या गर्न आट गरेकी एक महिलाले आफ्नो पति मन नपरेको कारण हत्या गरेको खुलासा गरेकी छिन्। आफ्नो प्रेमीसँग मिलेर हत्या गरेकी उनले मर्ने गुण्ड भाडामा लगाएकी हुन्। यस घटना भारतको आन्द्र प्रदेशमा घटेको हो भने शुरुमा आफ्नो पतिको हत्या भएको भनेर केश दर्ता गराउनेनै आफै दोषी भेटिएको हो।
युवतीको आफ्नो विवाहको औंठी दिएर हत्या गर्न लगाएको समेत खुलेको यस घटनाले भारतमा हलचलनै मच्यायो। श्रीकाकुलम जिल्लामा पर्ने त्यस ठाउँमा आफ्नो घरमा अन्जान व्यक्तिहरु चिरेर आफ्नो पतिको हत्या गरेको बताएकी थिइन्। साथै लुटपाट समेत गरेर भागेको भनेर केस दर्ता गरकी उक्त महिलाले झुट बोलेको सावित भएको हो। महिलाले केस दर्ता गर्ने बितिकै चंबिन्मन जुटेको भारतीय प्रहरीले हत्यारा पक्राउ गरेको हो। अनुसन्धान गर्दै जाँदा महिलाले आफ्नो प्रेमीसँग मिलेर हत्याको सम्पूर्ण तयारी गरेको खुलेको छ।
घटना हुने दिन श्रीमान-श्रीमती बजार जाने क्रममा हत्या भएको खुलेको छ। अटोको चालकलाई विभिन्न प्रलोभनमा परि बीच बाटोमा रोक्ने व्यवस्था गरेकी उक्त महिलाले बहाना बनाएर बीच बाटोमा अटो रोक्न लगाएकी थिईन। त्यहि समयमा महिलाका प्रेमी सहित केहि व्यक्तिले आक्रमण गरेपछि मृत्यु भएको हो। उक्त प्रेम जोडीको नाम सरस्वती र शिवा रहेको भारतीय प्रहरीले जानकारी दिएको हो। साथै परिवारले जबर-जस्ती विवाह गर्दिएको कारण यस घटना भएको प्रहरीको बुझाई रहेको छ।