यस्ता छन् दाह्री पाल्नुको फाइदाहरु

आज भोलि दाह्री पाल्नु  फेशन नै बनेको छ । अझै पनि दाह्री पाल्नु कतिपयको दृष्टिकोणमा नराम्रो मानिन्छ । दाह्री पाल्नु फेशनको रुपमा मात्र नभई यसलाई  स्वास्थ्यको दृष्टिकोणबाट हेर्ने हो भने यो एकदम फाइदाजनक मानिएको छ । धेरैलाई यो कुरा थाहा नहुन  सक्छ । दाह्री पाल्नुको केहि फाइदा यस प्रकार रहेका छन् ।

१) दाह्री  पाल्नाले सूर्यको अल्ट्राभोयलेट किरणबाट  करिव १५ प्रतिशतसम्म बच्न सकिन्छ । जसबाट छालाको क्यान्सरबाट बच्न सकिन्छ ।

२) दाह्री पाल्नाले छालालाई  ब्याक्टेरियल संक्रमणबाट बचाउछ भने  डन्डीफोर र दाग-धब्बा जस्तो समस्याबाट बच्न सकिन्छ ।

३) दाह्रीले  छालामा एलर्जी उत्पन्न गर्ने कण वा प्रदुषित तत्वलाई रोक्ने भएकोले दाह्री पालेर यसलाई दिनहुँ सफा गरे विभिन्न खाले  एलर्जीबाट बच्न सकिन्छ ।

४) दाह्री राख्ने पुरुषको व्यक्तित्वले विपरित सेक्सलाई निकै आकर्षित गर्ने र इभोल्यूशन एण्ड ह्यूमन बिहेभियर जर्नलमा प्रकाशित सोधक अनुसार दाह्री  भएको पुरुषलाई महिलाहरुले अधिक मन पराउने भएकोले यसलाई पाल्नु फाइदाजनक देखिन्छ ।

प्रकाशित : मङ्गलबार, पुष २५, २०७४१७:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लामो कपाल बनाउनका लागि यी खाना