पिकनिकमा जादा होस् या अरु कुनै कामको लागि टाढाको यात्रा गर्दा होस् यात्राको पनि छुट्टै आनन्द रहने गर्दछ । तर यात्रामा जाने क्रममा हामी जानी-नजानि यस्तो शब्दको प्रयोग गरिदिन्छौ जसले हाम्रो यात्राको आनन्दलाई भंग गरिदिन्छ । यात्रामा जाने समयमा केहि यस्ता कुरा हुन्छन् जसलाई बोल्नु अघि सोच्नुपर्ने हुन्छ । ज्योतिष या वास्तुशास्त्रमा यात्रालाई सफल बनाउने बारेमा निकै कुराहरु बताईएको छ । जसलाई अपनाएर आफ्नो यात्रालाई सुखद र मंगलकारी बनाउन सकिन्छ ।
१. यात्रामा जाने समयमा कुनै पनि नकारात्मक शब्दको प्रयोग नगर्नुहोस् । नकारात्मक शब्दको प्रयोगले यात्रामा विघ्न पैदा हुने गर्दछ । जब यात्रामा निस्किनु हुन्छ तब आफ्नो इष्टदेवलाई याद गर्नुहोस् । गायत्री मन्त्रको जप गर्नुहोस् । यात्रामा जानु अघि नदी, आगो, हावा ,देवी-देवता, ठुला-बडा, वृद्द,आमा-बुवा या स्त्रीको मजाक नउडाउनुहोस् र अपशब्दको प्रयोग पनि नगर्नुहोस् । यस्तो गर्नाले ईश्वर रुष्ट हुने र यात्रा अमंगलकारी र सकंटदायक बन्ने मानिएको छ ।
२. यात्रामा जाने समयमा सबैभन्दा पहिले आफ्नो खुट्टा निकाल्नुहोस् । यदि कुनै कामले यात्रामा जादै हुनुन्छ भने कुनै गरिबलाई दान दिनुहोस् । गाईलाई रोटी या हरियो घाँस खुवाउनुहोस् । यसो गर्नाले काम पनि पूरा हुन्छ र यात्रा पनि लाभकारी हुने गर्दछ ।
३. मंगलबारको दिन यदि उत्तर दिशाको यात्रा गर्नु छ भने मिठाई खाएर निस्कनुहोस् । बुधवार उत्तर दिशाको यात्रा गर्नु जरूरी छ भने घरबाट धनिया वा तिल खाएर निस्कनुहोस् । बिहीवार दक्षिण दिशाको यात्रा गर्नु अघि थोरै दही खाएर घर बाट निस्कनुहोस् । शुक्रवार यदि पश्चिम दिशाको यात्रा गर्नुहुन्छ भने घर बाट थोरै जौ खाएर निस्कनुहोस् । शनिवारको दिन पूर्व दिशाको यात्रा गर्दै हुनुहुन्छ भने अदुवाको सानो टुक्रा वा कालो दाल खाएर निस्कनुहोस् । उपरोक्त उपाय गर्नाले दिशाको प्रकोपबाट बचेर यात्रालाई मंगलकारी बनाउन सकिन्छ ।
४. एकदम जरूरी यात्रामा जादै हुनुहुन्छ र बिरालोले बाटो काट्यो, कौवा टाउकोमा बस्यो, अगाडि कसैको लाश देखिए, हाछ्यु आए, कसैले टोक्यो भने केहि समयको लागि यात्रा सार्नु पर्दछ । मुख जुठो गर्नुहोस् र रोक्न सम्भव नभए पानी खाएर अगाडि बढ्नुहोस् । यसो गर्नाले प्राकृतिक एवंम् अप्राकृतिक दुर्घटनाबाट बच्न सकिनेछ ।
५. ब्रह्मवैवर्त पुराणको अनुसार, यात्रामा निस्कनु अघि आभूषणले लिप्त सुहागन स्त्रीलाई देखिनु अथावा जलले भरिएको भाडो, बाच्छालाई दुध खुवाउदै गरेको गाईलाई देखिनु शुभ संकेत मानिन्छ । यसबाट यात्रा आनन्दित हुनुको साथै आटेको काम पुरा हुने शुभ संकेत दिन्छ । यस पुराणमा भनिएको छ कि यदि यात्रामा जाने समयमा राजहंस, सेतो घोडा, हरि कीर्तन, बल्दै गरेको आगो, ऐना, मयुर, शंख आदि देखिनुलाई शुभ संकेत मानिन्छ ।