घरमा नकारात्मक शक्तिको उपस्थिति भएको थाहा पाउन यस्ता छन् ६ उपायहरु!

एजेन्सी, भूत-प्रेत या नकारात्मक उर्जा एक अदृश्य शक्त‌ि हुने गर्दछ जुन जहाँ र जतिखेर पनि हुन सक्छ । यी चिजहरुलाई हामी देख्न सक्दैनौ तर केही यस्ता संकेतहरु छन् जसले तपाइको घर र तपाइको वरीपरी नकारात्मक उर्जा सक्र‌िय हुन्छ । यी नकारात्मक उर्जाहरुलाई चिन्नको लागि न कुनै मेशिनको जरुरत हुन्छ न कुनै व‌िशेष साधनको । तपाई यी १० लक्षणबाट तपाइको वरिपरि पारलौक‌िक शक्तिहरु उपस्थिति छ या छैन भनेर छुट्टाउन सकिन्छ ।

१. तपाईको घरमा कुनै पालतू पशु जस्तै: कुकुर, बिरालो छ र यिनीहरुको व्यवहार अचानक बदलिन्छ भने यसलाई सामान्य रुपमा नलिनुहोस् । यो नकारात्मक उर्जाको उपस्थितीको संकेत हुनसक्छ ।

२. यदि तपाइलाई सधै आफ्नो घरमा कसैको उपस्थितिको आभास हुन्छ तर कोहि हुदैन भने यस हालतमा घरबाट नकारात्मक उर्जा टाढा गर्ने उपाय गर्नु पर्दछ । घरको तापमान अचानक बदलिने अर्थात् सबै सामान्य हुदा पनि आफ्नो नजिक तापमान कम महसूस हुन्छ भने यो राम्रो संकेत होइन ।

३. यदि घरमा सबै सामान्य छ र अचानक तेज सुगन्ध अनुभव गर्नुहुन्छ भने यसको कारण पनि नकारात्मक उर्जाको प्रवेश हुन सक्दछ ।

४. आधा रातमा यदि कोठामा कोही रोएको आवाज सुनिनु पनि नकारात्मक उर्जा भएको मानिन्छ ।

५. यदि तपाइको घरमा पटक-पटक कालो बिरालो आउछ भने यसले घरमा नकारात्क शक्त‌िलाई दर्शाउने गर्दछ ।

६. घरका सदस्यहरु पटक-पटक बिरामी हुन थाले, उनीहरुको व्यवहार पनि बदलियो यानी एक आपसमा झगडा गर्ने थाले भने नकारात्मक उर्जाको संकेत मानिन्छ । यी कुराहरु मात्र मान्यतामा आधारित रहेको छ जसमा परम्परागत व्यक्तिहरु बिश्वास गर्ने गर्दछन् । यिनीहरुको कुनै वैज्ञान‌िक आधार भने रहेको छैन ।

प्रकाशित : सोमबार, पुष १७, २०७४१९:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माघ महिनालाई किन पवित्र मानिन्छ? नदीमा स्नान गरि दान दिदा पाप नष्ट हुने विश्वास!