कण्डम प्रयोग गर्नै मान्दैनन् १६ देखि २४ वर्षका युवाहरु…

एजेन्सी । बेलायतमा गरिएको एक अध्ययनका अनुसार बेलायतमा खासगरी १६ देखि २४ वर्षका युवाहरुले आफ्ना पार्टनरसँग शारीरिक सम्पर्क राख्दा कन्डम प्रयोग नगर्ने गरेको तथ्य फेला परेको छ।

यसकै कारणले गर्दा उनीहरु यौनजन्य रोगको डर अत्यधिक रहेको पाइयो।  यस्तो बिकराल अवस्था पत्ता लगेपछि अब  त्यस्ता रोगहरुबाट बच्नका लागि अहिले त्यहाँ नयाँ अभियान नै सुरु गरिएको  छ। बीबीसीले जनाए अनुसार  स्वास्थ्यसम्बन्धी यो अभियान आठ वर्षपछि गरिएको हो । बेलायतको स्वास्थ्य विभागका अनुसार १६ देखि २४ वर्ष उमेरका युवाहरु आफ्ना नयाँ साथीसँग कन्डम प्रयोग गर्दैनन्। तथ्यांकका अनुसार दसमध्य एक जनाले अहिलेसम्म कन्डम प्रयोग नै गरेका छैनन्। यस अभियान सुरु गर्नुअघि बेलायतको स्वास्थ्य विभागका अनुसन्धानकर्ताले सोही उमेरका युवाहरुसँग कुराकानी गरेका थिए।

ती युवाहरुले कन्डम बिना नै सेक्समा बढी मजा आउने भएकाले यसको प्रयोग नगरिएको उल्लेख गरेका छन्। तर सेक्सपछि उनीहरुलाई असुरक्षित सेक्सबारे त्रास पैदा हुने र स्वास्थ्य परीक्षणका लागिसमेत जाने गरेको तथ्यांकमा उल्लेख छ। युवतीहरुलाई भने यौन संक्रमणभन्दा पनि बिना कन्डम सेक्स गर्दा प्रेगनेन्ट हुने डर बढी हुने गर्छ। युवतीहरु गर्भनिरोधक औषधि खाने सजिलो उपायका कारण पनि केटाहरु कन्डम प्रयोग गर्न नमानेको तर्क युवतीहरुको छ।

बेलायतमै सन् २०१६ मा भएको एक अनुसन्धानका क्रममा करिब डेढ लाखमा यौनजन्य समस्या त्यहाँ भेटिएका थिए।

प्रकाशित : मङ्गलबार, पुष ११, २०७४१४:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एकदिनमा खानुहोस ३ सुकमेल: मुखको गन्ध हटाउने देखि रक्तचाप नियन्त्रणसम्म!