फेसबुक युजर्सको लागि खुसीको खबर: अब यसरी चिन्न सकिने फेक आईडी!

एजेन्सी, आफ्नो यूजर्सको लागि फेसबुकले फेरी अर्को एक नयाँ फीचर ल्याएको छ जसको मद्दतले अब फेक आईडीको बारेमा सजिलैसँग पत्ता लाग्नेछ । यो नयाँ फीचरले झुटो एकाउन्टबाट आउने फ्रेन्ड रिक्वेस्टलाई पनि रोक्नेछ । फेसबुकको ग्लोबल हेड अफ सेफ्टी ऐंटिगन डेविसले बताएअनुसार यदि कुनै यूजरले कसैलाई ब्लक गर्दियो र उक्त यूजरले पुन अर्को नयाँ एकाउन्ट बनाएर यूजरसँग कनेक्ट हुन प्रयास गर्छ भने यो फिचरले यसको पहिचान गरेर यसलाई रोकीदिने छ । यो नयाँ टूलले यूजर्सलाई मेसेन्जर कन्भर्सेशनमा इगनोर गर्नको लागि र सेन्डरलाई ब्लक गरे बिना उसको मेसेजलाई हटाउन सकिने पनि अप्शन दिईएको छ ।

डेविसले भने, अब तपाई मेसेजमा ट्याप गरेर कन्भर्सेशनलाई इगनोर गर्न सक्नु हुनेछ । यस पश्चात तपाइलाई नोटिफिकेशन आउने छैन र कन्भर्सेशन आफै फिल्टर मेसेजेस फोल्डरमा मुभ हुनेछ । यस नयाँ फिचरबाट यूजर्सले सेन्डरलाई थाहा नदिकन मेसेजलाई पढ्न पनि सक्नेछन् । हाल भने यो फिचर वन न वन कन्भर्सेशनको लागि मात्र रहेको छ अब छिटै नै यो ग्रुप मेसेजको लागि पनि उपलब्ध हुनेछ । उनले भने यो फिचरले फेक एकाउन्टको पहिचान गर्न सकिन्छ । यस्तो लाखौको रुपमा बन्ने एकाउन्टहरु रजिस्ट्रेशनको समयमा नै ब्लक गरिनेछ । साथै कम्पनी हाल आईपी एड्रेस जस्तो भिन्न-भिन्न सिग्नलको प्रयोग गरिरहेका छन् ताकि फेक एकाउन्टको पहिचान गर्न सकियोस र ब्लक गरिएको युजर्सले अर्को एकाउन्ट बाट रिक्वेस्ट पठाउन नमिल्ने छिटै हुनेछ ।

प्रकाशित : शुक्रबार, पुष ०७, २०७४१३:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाई आफ्नो आइफोन स्लो भएर हैरान हुनुहुन्छ? यसरी गर्नुहोस ब्याट्री रिप्लेस !