के तपाई आफ्नो आइफोन स्लो भएर हैरान हुनुहुन्छ? यसरी गर्नुहोस ब्याट्री रिप्लेस !

एजेन्सी, आईफोन स्लो भएको भन्दै  धेरैले  विवाद गरेपछि  एप्पल कम्पनिले केहि दिन पहिले माफी मागेको थियो। र छिट्टै नै कम मूल्यमा ब्याट्री परिवर्तन गर्न सकिने प्रोग्राम शुरु हुने पनि घोसणा गरेको थियो। अब कम्पनीले ब्याट्री परिवर्तन गर्न सकिने प्रक्रिया विश्वभरी शुरू गरेको छ । कम्पनीले यस भन्दा पहिले आफ्नो बयानमा भनेको थियो,’हामी सधै चाहन्छौ कि हाम्रो ग्राहक आफ्नो आईफोनको प्रयोग धेरै भन्दा धेरै दिनसम्म प्रयोग गरुन भनेर । त्यसैले हामी ब्याट्री रिप्लेसमेन्टको मूल्य ५० डलरसम्म कम गर्नेछौ । अब हाम्रो यूजर्सहरुले ७९ डलरको सट्टा मात्र २९ डलरमा ब्याट्री रिप्लेसमेन्ट गर्न सक्नेछन् ।’

नेपालमा पुरानो आईफोनको ब्याट्री रिप्लेसमेन्ट भने आईसके पनि ब्यापारीहरुले  अधिक मूल्य लिएर बेच्ने गर्दछन्। र यसमा उनीहरुले  ट्याक्स पनि जोड्ने गर्दछन् । ब्याट्री रिप्लेसमेन्ट गर्न सकिने iPhone 6, iPhone 6 Plus, iPhone 6s, iPhone 6s Plus, iPhone SE, iPhone 7 र iPhone 7 Plus सम्म रहेको छ । ब्याट्री रिप्लेसमेन्टको प्रोग्राम डिसेम्बर २०१८ सम्म चल्नेछ । यदि तपाई ब्याट्री परिवर्तन गर्न चाहनुहुन्छ भने नजिकको एप्पल रिटेल स्टोरमा जान सक्नुहुनेछ ।

प्रकाशित : मङ्गलबार, पुष १८, २०७४११:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ टुल्सको प्रयोग गरि आफ्नो इन्स्टाग्राममा बढाउनुहोस् यसरी फलोअर्स!