अब अनुमतिबिना तपाईको फोटो अरु कसैले फेसबुकमा राख्न नपाउने, आयो यस्तो नयाँ फिचर!

फेसबुकले अब फेरी एक नयाँ फिचर ल्याउने भएको छ । जुन प्राइवेसीसँग सम्बन्धित हुनेछ । फेसबुकले आफ्नो यूजर्सको प्राइवेसीलाई लिएर र फेसबुकमा भएको अनेक बिकृतिलाई मध्यनजर गर्दै नयाँ निर्णय लिएको छ । अब संसारभरि जता-सुकै, जुन-सुकै ठाउँबाट यूजर्सको फोटो अपलोड भएमा उक्त यूजर्सलाई नोटिफिकेशन मिल्नेछ । यसको लागि कम्पनीले आर्टफिशियल इन्टेलिजेन्स बेस्ड फेशियल रिकॉग्निशन टेक्नोलोजीको प्रयोग गर्नेछ । यो फिचरको विशेषता भनेको यदि कसैले तपाइको फोटो अपलोड गरेर तपाइलाई ट्याग गरेको छैन भने पनि तपाइलाई कसले अपलोड गर्दैछ भनेर नोटिफिकेशन प्राप्त हुनेछ ।

फेसबुकले यस फेशियल रिकॉग्निशन फीचरलाई फोटो रिभ्यु (Photo Review) नाम दिएको छ जसले तपाइको अनुहार पहिचान गरेर तपाइलाई अलर्ट गर्नेछ । नोटिफिकेशनमा यूजर्सलाई सोधिने छ कि यो फोटो अपलोड गर्न दिने कि नदिने भनेर । यदि तपाई फोटो अपलोड हुन दिन चाहानु हुन्न भने तपाई रिपोर्ट गर्न सक्नु हुनेछ जस पश्चात फेसबुकले  तपाइको तस्वीरलाई हटाई दिनेछ । यो फिचर अब छिटै नै ग्लोबल रुपमा लागु हुनेछ । हाल भने यो बन्ने प्रक्रियामा रहेको छ ।

प्रकाशित : बिहिबार, पुष ०६, २०७४१२:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फेसबुक युजर्सको लागि खुसीको खबर: अब यसरी चिन्न सकिने फेक आईडी!