यसकारण अब फेसबुकमा लाइक, कमेन्ट र शेयर गर भन्ने पोष्टलाई हटाइने, आयो नयाँ फिचर !

एजेन्सी, अन्तराष्ट्रिय रुपमा प्रख्यात शोशल साइट फेसबुकले दिन प्रति दिन आफ्नो युजर्सहरुलाई नयाँ-नयाँ सुविधाबाट अपडेट गराउदै गएको छ। साथै युजर्सहरुको सुरक्षाको लागि पनि नयाँ-नयाँ फिचरहरु ल्याएको छ । हालै फेसबुकले एक सूचना सार्वजनिक गरेको छ । फेसबुकमा फोटो र भिडियो शेयर गरेर लाइक र कमेन्टको लागि अरुसँग अनुरोध गर्नु हुन्छ भने यसको लागि नराम्रो खबर रहेको छ । फेसबुकले अब यसै सातामा यस्तो फोटो र भिडियोलाई प्रमोट गर्नुको सट्टा डीमोट गर्नेछ ।

आजकल फेसबुकमा कैयौ पोस्टहरु देखिन्छ जसमा यो पोस्टलाई धेरै भन्दा धेरै शेयर गरौ, कमेन्ट गरौं भनेर लेखिएको हुन्छ । यसको अलावा यस्तो पनि पोस्ट देखिन्छ जसमा कुनै वर्णमाला जस्तै “A” नामको फ्रेन्डलाई ट्याग गर्नुहोस् । ” यस्तो पोस्टमा धेरै भन्दा धेरै मानिसहरुको ईन्गेजमेन्ट हुने गरेको छ । प्रविधिको भाषामा यसलाई “engagement bait” भनिन्छ । यसको बारेमा फेसबुकले आफ्नो ब्लग पोस्टमा अब यस्तो प्रकारको ट्यागिंग, लाईक्स र कमेन्ट माग्ने खालको पोस्टलाई हटाउने तयारी चलिरहेको जानकारी गराएको छ।  किनकि यस्तो पोस्टबाट मानिसहरु मानिसहरू भ्रामक र उत्तेजित हुन्छन्। फेसबुकले अब आउदो सातासम्म नयाँ फिचर लन्च गरेर यस्तो पोस्टलाई हटाएर डीमोट गर्नेछ ।

प्रकाशित : बुधबार, पुष ०५, २०७४१५:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब अनुमतिबिना तपाईको फोटो अरु कसैले फेसबुकमा राख्न नपाउने, आयो यस्तो नयाँ फिचर!