बाँसको बासुरीले घरमा अशुभ हटाउने, यस्तो ठाउँमा राखे लाभ!

एजेन्सी, बासुरी बाँसबाट बनेको हुन्छ । जसको बिरुवालाई दिव्य मानिने गरिन्छ । यस्तो पनि भनिन्छ कि जो मानिसहरु आफ्नो जागिरबाट टेन्सनमा रहन्छ वा निकै मिहिनेत पश्चात पनि आफ्नो बिजनेसमा सफलता प्राप्त गर्न सक्दैनन्, बाँसले यी सारा समस्याहरुलाई सजिलैसँग समाधान गर्न सक्ने क्षमता राख्ने विश्वास रहेको छ । बाल्यकालमा भगवान् श्री कृष्ण सधै आफूसँग बासको बासुरी राख्ने गर्दथे । यसको कारणले पनि संभवतः भगवान कृष्ण माथि सधै शैतानिक शक्तिको भय बनिरहन्थ्यो  ।

शैतानिक शक्तिलाई कमजोर गर्न एवंम उनिहरु माथि विजय पाउनको लागि बासुरीद्वारा उत्पन्न सकारात्मक उर्जाबाट कृष्णलाई मद्दत मिल्ने गर्थियो । वास्तु एवंम फेंगशुईको अनुसार घरमा यदि कुनै प्रकारको वास्तु दोष छ भने घरको मुख्य द्वारमा बासको दुई ओटा बासुरी झुन्डाउनु पर्छ । यसलाई हल्लाउनाले उर्जा उत्पन्न हुने गर्दछ र घरमा भएको वास्तु दोष एवंम नकारात्मक उर्जाबाट घरलाई मुक्त दिलाउने गर्दछ ।

बेडरूममा खाटको माथि बीम हुनु पनि वास्तुको अनुसार निकै नै अशुभ मानिने गरिन्छ । यसबाट मानसिक तनाव एवंम  दाम्पत्य जीवनमा टाढापन बढ्दै जान्छ । यस दोषलाई समाधान गर्नको लागि दुईटा बासुरीलाइ उक्त बीमको दुवैतर्फ रातो फिताले बाध्नुहोस् । बासुरीको मुख भने खाट तर्फ फर्केको हुनु पर्दछ । यसो गर्नाले वस्तु दोष हराउने गर्दछ । बाँसको बासुरी या बिरुवा रेखाचित्र रुपमा लगाउनाले घरमा सुख-समृद्धि आउने गर्दछ । मनमा आशाको संचार हुनेछ र मनोबल बढ्नेछ । बाँसको यिनै दिव्य गुणको कारणले गर्दा यसलाई जलाउनु शुभ मानिदैन ।

 

प्रकाशित : बुधबार, पुष ०५, २०७४१६:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

समुद्रशास्‍त्र: यी ४ ठाउँमा कोठी भएका व्यक्ति धनवान र भाग्यमानी हुने