गूगल म्याप्सले ल्यायो नयाँ फीचर: यसरी दिन्छ बस स्टपको नोटिफिकेशन!

एजेन्सी, गूगलले आफ्नो गूगल म्यापलाई एकपटक फेरि अपडेट गरेको छ । गूगल म्यापमा अहिले सम्मकै सबैभन्दा राम्रो र शानदार फिचर ल्याएको छ । यस फीचर आए पश्चात तपाइलाई गूगल म्यापले तपाइको डेस्टिनेशन आएको बताउने छ । यात्राको क्रममा निदाउनु सामान्य कुरा हो । र यस्तोमा कैयौ पटक हामि हाम्रो गन्तव्य भन्दा अगाडि पुगीसकेका हुन्छौ ।

युजर्सहरुको सुविधाको लागि गूगल म्याप एप कम्पनीले यस फिचरलाई स्टेप-बाई-स्टेप डायरेक्शन नेविगेशनमा राखेको छ  । यो नयाँ फिचरले तपाइको ट्राभल टाइमलाई ट्रयाक गर्नेछ । यो फिचरले अब तपाई आफ्नो गन्तब्यमा पग्नु भएपछि बसबाट ओर्लिने बेलामा पनि नोटिफिकेशन दिनेछ । अब यस नोटिफिकेशनको लागि तपाईलाई एप खोलि रहनु झन्झट पनि हुदैन यसले लक स्क्रीनमा पनि नोटिफिकेशन दिनेछ । यो फिचर आईफोन र एन्ड्रोईड यूजर्सको लागि उपलब्ध भईसकेको छ ।

प्रकाशित : मङ्गलबार, पुष ०४, २०७४१२:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण अब फेसबुकमा लाइक, कमेन्ट र शेयर गर भन्ने पोष्टलाई हटाइने, आयो नयाँ फिचर !