यसकारण अब मार्क जुकरबर्गलाई पनि फेसबुकमा ब्लक गर्न मिल्ने !

एजेन्सी, विश्व चर्चित शोशल साइट फेसबुक दिन प्रतिदिन लोकप्रिय हुदै गईरहेको छ । साथै फेसबुकले आफ्नो युजर्सहरुको सुविधाको लागि नयाँ-नयाँ अपडेटहरु पनि ल्याउदै गईरहेको छ । फेसबुकमा यदि हामी कुनै व्यक्तिबाट पिडित हुन्छौ भने  उसलाई हामी सजिलै ब्लक गर्न सक्छौ । तर फेसबुकमा केहि यस्तो एकाउन्ट छ जसलाई हामी ब्लक गर्न सक्दैनौ । जस्तै फेसबुकको निर्माणकर्ता मार्क जुकरबर्ग, उनको पत्नी प्रिसिला चान जस्ता हस्तीको एकाउन्टलाई ब्लक गर्न सक्दैनौ । तर अबको नयाँ अपडेटले यी दुई एकाउन्टहरुलाई पनि ब्लक गर्ने फिचर ल्याएको छ ।

वास्तवमा पहिले यी दुईको एकाउन्टलाई ब्लक गर्न खोज्दा ‘ब्लँक एरर’ भनेर देखाउथ्यो तर अब भने सजिलै ब्लक गर्न सकिने भएको छ । सूचना अनुसार उनको नामको धेरै एकाउन्टहरु बनेको र कतिलाई भ्रममा पारेर शोसल साइटको उल्लंघन गरेको हुनाले उनले आफ्नो एकाउन्टलाई पनि ब्लक गर्न मिल्ने बनाएका हुन् ।

प्रकाशित : सोमबार, पुष ०३, २०७४१८:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गूगल म्याप्सले ल्यायो नयाँ फीचर: यसरी दिन्छ बस स्टपको नोटिफिकेशन!