हातको रेखा एक आपसमा काट्टीनुको यस्तो छ रहस्य

एजेन्सी । समुद्रशास्त्र अनुसार हत्केलामा बन्ने हरेक रेखाहरुको जीवन र भाग्यसँग सम्बन्ध हुन्छ । यसबाट भविष्यमा हुनेवाल कुनै पनि ठूलो परिवर्तनको बारेमा पत्ता लगाउन सकिन्छ ।

हत्केलामा अधिक रेखाहरु हुने गर्छन । तर मुख्य रुपमा तीन रेखाहरु मानिएको छ ।जसलाई जीवन रेखा, मस्तिष्क रेखा र ह्रदय रेखा भन्ने गरिन्छ । हत्केलामा यी रेखाहरुलाई जब अर्को रेखाले काटेर निस्किन्छ यसको अर्थ यस प्रकार रहेको छ ।

– हस्तरेखा अनुसार जीवन रेखाबाट व्यक्तिको आयुको बारेमा जानकारी लिन सकिन्छ । यदि जीवन रेखाको नजिक कुनै सानो-सानो रेखाहरु जीवन रेखालाई बीचबाट काट्दै निस्किएको छ भने यो व्यक्तिले रोग, बिमारीको सामना गर्नु पर्ने हुन्छ  ।

– जीवन रेखाको आकार र लम्बाईबाट व्यक्तिको उमेरको अन्दाजा लगाउन सकिन्छ । जीवन रेखा यदि पातलो, लामो र गाडा छ भने उक्त व्यक्तिको लागि शुभ मानिन्छ ।

– गाडा जीवन रेखा भएका व्यक्ति निकै साहसी हुन्छन् । यस्तो रेखाहुने व्यक्तिहरु सहनशील र बलियो इच्छाशक्ति भएका हुने गर्दछन् । गाडा रेखा भएका मानिसहरुमा विमारीया समस्याको सामना गर्ने अधिक क्षमता रहेको हुन्छ ।

– यदि मस्तिष्क रेखा र जीवन रेखा जरै देखि मिलेर आएर अगाडि पनि यी दुई रेखा बीचको अन्तर निकै कम भयो भने यस्ता व्यक्ति स्वतन्त्र विचार भएका हुने गर्दछन् ।

प्रकाशित : शनिबार, पुष ०१, २०७४१८:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माता लक्ष्मीलाई प्रसन्न गर्नका लागि यो मन्त्र जप्नुहोस्, हुनेछ लक्ष्मीको सधैँ बास