माता लक्ष्मीलाई प्रसन्न गर्नका लागि यो मन्त्र जप्नुहोस्, हुनेछ लक्ष्मीको सधैँ बास

एजेन्सी, पैसा कमाउन चाहे मुश्किल नहोला तर धनलाई आफूसँग राखीराख्न अवश्य कठिन हुने गर्छ । धनको देवी मानिने लक्ष्मी भगवानलाई प्रसन्न गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् । हिन्दु धर्मअनुसार यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आकर्षित गर्न सक्षम हुनुभयो भने धन र समृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन । देवी लक्ष्मी धन, भाग्य, प्रेम र सौन्दर्यकी देवीको रुपमा मानिन्छ । उनलाई चंचल स्वभावको पनि मानिन्छ किनकि उनि एकै ठाउँमा स्थायी रुपमा बस्न सक्दिनन् भन्ने विश्वास पनि रहेको छ ।

भगवान् लक्ष्मीको वास त्यहाँ हुन्छ जहाँ स्वच्छताको वास हुने गर्दछ । त्यसैले आफ्नो घरलाई सफा राख्न जरुरी रहेको छ। हामीले जति नै पूजा पाठ गरे पनि माता लक्ष्मीलाई प्रसन्न गर्न जरुरी रहेको छ । साथै हरेक बिहान उठ्ने बित्तिकै माता लक्ष्मीको आवाहन गर्न पनि जरुरी रहेको छ । अम्खरामा जल राखेर  मुख्यद्वारको साइडमा राख्न जरुरी रहेको छ । शुक्र ग्रहको दोषबाट मुक्ति पाउनको लागि लक्ष्मी मातालाई खुशी पार्ने एक छोटो उपाय अपनाउनु पर्ने हुन्छ । जसबाट तपाइको सबै मनोकामना पुरा हुन सक्नेछ । मनदेखि एउटा सानो वर्त राखेर दक्षिणावर्ती शंखमा जल भरि भगवान विष्णुको अभिषेक लगातार तीन शुक्रबार गर्नु पर्दछ । यसबाट माता लक्ष्मीको कृपा बर्सन सक्छ ।

माता लक्ष्मीको कृपा पाउनको लागि “ओम शिरिंग शिरिये नमः” मन्त्रको जप १०८ पटक गर्नु पर्दछ र शुक्रबारबाट शुरु गरेर ४३ दिनसम्म तपाइले  यस मन्त्रको जप गर्नु पर्दछ । जब मन्त्रको जप पुरा हुन्छ तब माता लक्ष्मीलाई खीर र अन्य मिठाईका भोजन चढाउनुहोस्।  त्यस पश्चात सात वर्ष भन्दा कम उमेरकी कन्यालाई या कुनै गरीब व्यक्तिलाई श्रद्धा पूर्वक भोजन गराउनुहोस्। भोजनमा खीर र मिश्री राख्नु जरुरी रहेको छ ।

प्रकाशित : आइतबार, पुष ०२, २०७४१२:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वास्तुशास्त्रअनुसार घरमा गणेशको यस्तो मूर्ति राखे चम्किन्छ भाग्य !