यी कार्य गर्नाले खराब समयले पनि केहि बिगार्न नसक्ने, यस्तो छ उपाय!

हामीले प्राय: मानिसहरुबाट सुनिरहेका हुन्छौ कि उनीहरुको समय खराब चल्दै छ भनेर । मानिसहरु आफ्नो राम्रो र नराम्रो स्थितिको लागि समयलाई दोष दिने गर्दछन् । जबकि समय राम्रो-नराम्रो हुदैन मात्र व्यक्तिको कोशिश र उसको मनको स्थिति राम्रो नराम्रो हुने गर्छ । यी सबको बावजूद पनि कुनै बेलामा केही कुराले व्यक्तिको कोशिशलाई प्रभावित गर्ने गर्दछ । कहिले-काही आकाशमा रहेको तारा र उनीहरुको स्थितिले पनि व्यक्तिको कोशिश र नतिजामा प्रभावित गर्ने गर्दछ । जस्तै पंचांगमा प्राय लेखिएको हुन्छ कि कहिले राति त कहिले दिनमा भद्रा रहनेछिन् । तर यसको मतलब यो होईन कि भद्रा सबैको लागि खराब हुन् या सबैको लागि राम्रो ।

१४०० तिथिहरु र अधिक जनशक्तिको कामकाजलाई मध्यनजर गरेर गरिएको एक विश्लेषणको अनुसार भद्रा कसैको लागि राम्रो हुन्छिन् भने कसैको लागि नराम्रो । पौराणिक दृष्टिले भद्रा सूर्यकी पत्नी छायाबाट जन्मिएकी र शनिकी बहिनी हुन् । उनि पुण्य कार्यमा विघ्न बाधा र दुष्कर्ममा धकेल्ने रुचि राख्छिन् । जन्मपश्चात, विवाहको समयमा भद्राको उपद्रलाई देखेर ब्रह्माले बिशेष मुहूर्त छानेर उनलाई जति विघ्न बाधा पैदा गर्न सक्छौ गर भनेर छुट दिए र साथै जसले तिम्रो सेवा गर्छ उनीहरुलाई माफ गर्दिनु भनेर आज्ञा पनि दिएका थिए । यस खास स्थितिलाई विष्टी पनि भनिने गरिन्छ ।

जो व्यक्तिले पुण्य कर्म गर्छ, राम्रो स्वभावको छ र अरुको भलाई चाहान्छन् त्यस्ता व्यक्तिलाई भद्राले दुख दिन नपाउने शास्त्रीय मर्यादा रहेको छ । ऋषि मुनिहरुले आफ्नो स्वभावमा परिवर्तन गरेर नराम्रो समयलाई राम्रो समयमा बदले उपाय निकालेका छन् । शास्त्रअनुसार आवश्यक मानिसहरुलाई दान दिएर र उनीहरुलाई सेवा गरेर नराम्रो मुहूर्तलाई राम्रोमा परीवर्तन गर्न सकिन्छ ।

प्रकाशित : शुक्रबार, मङि्सर २९, २०७४१२:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हस्तरेखा शास्त्र : हातमा यस्तो रेखा भए पिता बन्न समस्या !